संक्रान्ति बजारमा भीषण आगलागी, ३२ घर जलेर नष्ट

 terathum-firingतेह्रथुम । पूर्वी नेपालको तेह्रथुमस्थित संक्रान्ति बजारमा भीषण आगलागी भएको छ । समाचार अनुसार आगलागीका करण अहिलेसम्म ३२ घर जलेर नष्ट भएका छन् ।

स्थानीय अमृत बास्तोलाका अनुसार अग्नि सेडाईंको घरबाट सुरु भएको आगलागीमा परी बद्रि सेढाई, दिपेश सिटौला, अमृत गहतराज, सूर्य गुरुङ, नारायणी गुरुङ, खड्ग आले, पूर्णबहादुर आले, बुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतका २१ घर जलेर खरानी भएको ।

त्यसै गरी हिमलाल थापा, सुभद्रा बानियाँ, होम सिटौला, सुभद्रा बानियाँ, होम सिटौला, इन्द्र गौतम, सानुकुमार चोङवाङ, दिपेश प्रसाईं, खड्गबहादुर पयाङ्गु, जयन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, रमेश सिटौला, कविता लिम्बू, रेवती भट्टराई, रत्नबहादुर गहतराज लगायतका घर जलेका छन् ।

हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि भर्खरै पाँचथरको फिदिमबाट दमकल पुगेको छ ।

अहिले दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर र दमकल छिराउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले आगो पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको र अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक बसिरहेको जानकारी दिनुभएको छ ।

सवै प्रकारका संयन्त्र प्रयोग गरेर भए पनि आगो नियन्त्रणमा लिने र पीडितलाई जतिसक्दो चाँडो कसरी राहत पुर्‍याउने भन्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभएको छ । आगलागी भइरहेको संक्रान्ति बजार सदरमुकाम म्याङलुङबाट एक दिनको पैदल दुरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी