एसीसी यू – १९ एसिया कप क्रिकेट: नेपालको लगातार दोस्रो हार, भारतसँग ६ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । कोलम्बोमा शुक्रबार भएको दोस्रो खेलमा नेपाल साविकको बिजेता भारतसँग ६ विकेटले पराजित भएको हो ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतलाई जित दिलाउन शुबमान गिल र हिमांशु रानाले अर्धशतक बनाए । गिलले ५७ तथा रानाले ५१ रन बनाए । त्यस्तै प्रियम ग्रागले अविजित ३६ तथा सल्मान खानले अविजित १९ रन बनाए । नेपालका पवन सरार्फले ३ तथा कप्तान सन्दिप लामिछानेले १ विकेट लिए ।
भारतसँगको यो हारसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतबिरुद्धको खेल जित्नैपर्ने दबाब रहेको थियो । तर, पराजित भएपछि नेपालको सेमिफाइनल सम्भावना झिनो मात्र बाँकी छ । अब नेपालले आफ्नो अन्तिम खेलमा आइतबार मलेसियाको सामना गर्नेछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । नेपालका लागि मध्यक्रमको ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धसतकीय पारी खेल्दै अविजित ६८ रन बनाए ।  यस्तै नेपालका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । ओपनर सन्दिप सुनार ७ रनमा आउट भए भने अर्का ओपनर आसिफ शेखले १८ रन जोडे ।

त्यस्तै नेपालका लागि प्रकास केसीले १३ तथा कप्तान सन्दिप लामीछानेले ७ रन जोडे । नेपालका २ खेलाडी शून्यमा आउट भए । भारतका लागि राहुल चाहरले एक्लैले ५ विकेट लिए । यस्तै कमलेश नगरकोटी, आयुश जम्बवाल, यस ठाकुर र हिमांशु रानाले समान एक एक विकेट लिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’