गतिरोध अन्त्यका लागि संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : सचिव भट्टराई

yogesh-bhattaraiपोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन्।

पोखरा रङ्गशालामा आजदेखि सुरु भएको अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले भने — ‘पहाड र तराईलाई छुट्याएर मुलुकलाई बिखण्ड गर्ने खालको संशोधन मुलुक र जनताको हितमा रहेको छैन् ।’

पार्टी प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले ‘जब नेपाली टिम राष्ट्रका लागि विदेशमा खेल्छ, त्यो हिमाली, पहाडी र तराइवासी हुँदैन, नेपाली हुन्छ,’ भन्दै ‘खेल मात्र एउटा त्यस्तो क्षेत्र हो, जसले सबैलाई समेटेको छ बताए ।’

स्थानीय निकायका कर्मचारीबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा मुलुकका २५ जिल्लाका स्थानीय निकायबाट डबल र सिङ्गलतर्पm ३१ ÷ ३१ टिमको सहभागिता छन् ।

स्थानीय निकाय कर्मचारी सङ्घ जिल्ला विकास विकास समिति कास्की र पोखरा उपमहानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगिताको एकलतर्फ प्रथम हुनेलाई नगद रु २५ हजार र द्वितीयलाई रु १५ हजार एवम् डबलतर्फ प्रथमलाई रु ५० हजार र द्वितीयलाई रु २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक महेन्द्र गोदारले जानकारी दिए।

स्थानीय निकाय कर्मचारी सङ्घका केन्द्रीय सदस्य छवि शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकाय कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठ, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सङ्घका उपाध्यक्ष नारायण शर्मा, पोखरा उपमानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढङ्गाना, प्रतियोगिताका सह–संयोजक ध्रुव भट्टराई लगायतले खेलको विविध पक्षमाथि प्रकाश पारे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’