निजामती कर्मचारीको अध्यक्षमा देवकोटा, कसले कति मत ल्याए ?
नेपाल निजामती कर्मचारी संगठनको दशौ महाधिवेशबाट केदार देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी मोहन घिमिरेलाई पछि पार्दै देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।
देवकोटाले ३ सय ७१ मत ल्याए । अध्यक्षका प्रत्यासी घिमिरेले भने ३ सय ४७ मत ल्याए । महासचिवमा घिमिरे प्यानलका रेवन्त गौतमको विजयी भए । उनले ४ सय ६ मत ल्याए । उनको प्रत्यासी गंगा सुनुवारले ३ सय ५ मत ल्याए ।
बरिष्ठ उपाध्यक्षमा भने देवकोटा प्यानलकै लेखनाथ कोइराला विजयी भए । उनले ४ सय १७ मत ल्याए । कोइरालाका प्रत्यासी इश्वरी ढकालले २ सय ९७ मत ल्याए ।
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छनोट गर्ने सो महाधिवेशनमा सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो । जानकारी अनुसार पदाधिकारी र केन्द्रीय कमिटीमा घिमिरेकै बहुमत रहेको छ ।