वैशाखमा स्थानीय चुनाव, यस्तो छ प्रचण्डको रणनीति

वैशाखमा स्थानीय चुनाव, यस्तो छ प्रचण्डको रणनीति

१ पुस ।

आगामी वैशाखसम्म जसरी पनि स्थानीय चुनाव गराउने गरी मिति घोषणाको तयारी सरकारको छ । ‘संक्रमणकालीन व्यवस्थाअनुसार संविधान संशोधन गर्दा नै दुई वर्षभित्र स्थानीय तहको संरचना निर्माण गरेर पुनः निर्वाचन गराउने व्यवस्थासहित जान सकिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । प्रधानमन्त्रीको यस्तो प्रस्तावमै सत्ता सहयात्री कांग्रेस सभापतिको अभिव्यक्ति बाहिर आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार चितवनको एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका दिए । तर, एमालेले भने यस विषयमा पहिले कांग्रेसको आधिकारिक धारणा आउनुपर्ने बताएको छ ।

‘संविधान जारी भएपछि ६ महिनाभित्र स्थानीय तह पुनर्संरचना आयोग बनाएर एक वर्षभित्र सुझाबसहितको प्रतिवेदन दिइसक्नुपर्दथ्यो, त्यसअघि नै केपी ओली नेतृत्वको सरकारले स्थानीय निकायको चुनावको प्रस्ताव राख्दा कांग्रेसले मान्ने त परै जाओस्, सुन्नै चाहेन,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘तर, जब आयोग बन्यो, स्थानीय तहको चुनाव गर्ने कुरा भयो, कांग्रेसले फेरि पुरानै बेकारको कुरा गर्न थाल्यो, कांग्रेसले किन यस्तो दोहोरो कुरा गरिरहेको छ, पहिले कांग्रेसको धारणा आएपछि मात्रै यस विषयमा एमालेले धारणा बनाउँछ ।’

अहिलेकै संरचनालाई स्थानीय तहमा रूपान्तरण गरेर चुनावमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै निर्वाचन गराउने गरी मध्यमार्गी प्रस्तावको तयारी गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू स्थानीय चुनाव गर्नेमा सहमति भए पनि नयाँ संरचनाको स्थानीय तह वा पुरानै स्थानीय निकायको भन्नेमा अलमलिएका वेला प्रधानमन्त्रीले नयाँ प्रस्तावको तयारी गरेका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन गराउन सम्भव नभए संक्रमणकालीन व्यवस्थाअनुसार हाल रहेका गाविस, नगरपालिकालाई नै स्थानीय तहको मान्यता दिएर निर्वाचनमा जानुपर्ने पक्षमा प्रधानमन्त्री छन् । यसका लागि उनले कांग्रेस, एमालेलगायतका राजनीतिक दलहरूसँग संवादसमेत सुरु गरिसकेका छन् ।

‘अनौपचारिक रूपमा कांग्रेस, एमालेका नेताहरूसँगको संवादमा प्रधानमन्त्रीले यस्तो प्रस्तावमा छलफलसमेत गरिसक्नुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘अझै यसलाई मूर्त छलफलको तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’यो समाचार आजको नेपाल नयाँपत्रिका दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो