लक्ष्मी परियार हत्याको पोष्टमार्टम रिपोर्ट यस्तो

काठमाडौँ- काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा भनिएको छ – शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’

शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीका अनुसार मृतक लक्ष्मीका शरीरभरी एकै किसिमको चोट र निलडाम छन् । उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ।
‘मृत्यु लगत्तै पोष्टमार्टम गरिएको भए धेरै कुरा भन्न सकिन्थ्यो। सात दिनमा शव धेरै विग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिदैन, ’ डा. वस्तीले भने।
३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा सुमनले बयान दिएका थिए।यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’