नवज्योतीमा कम्प्युटर प्रयोगशाला निर्माण
पर्वत /पर्वतको भूक देउराली गाउँ बिकास समिति स्थित नवज्योती थम माध्यामिक बिद्यालयमा कम्प्युटर शिक्षाका लागि प्रयोगशाला निर्माण गरिएको छ ।
बिद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले गुडनेवर्स इन्टरनेशनल तथा समाजकल्याण स्रोत बिकास केन्द्रको सहयोगमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो ।
निजी स्रोतमा शिक्षक राखेर पनि गुणस्तरीय शिक्षा दिदै आएको नवज्योती थम माबिलाई गुड नेवर्स इन्टरनेशनलले समाज कल्याण स्रोत बिकास केन्द्र मार्फत १२ वटा कम्प्युटर सहयोग गरेको छ । बिद्यालयमा थप ६ वटा कम्प्युटर समेत रहेकाले ल्याबमा १८ वटा कम्प्युटर सहितको ल्याब स्थापना गरिएको प्रधानाध्यापक मिनाकुमारी गुरुङ्गले बताइन । ‘कम्प्युटर शिक्षा दिने उद्देश्यले ल्याब स्थापना गरिएको छ’ उनले भनिन ‘ल्याब स्थापना संगै गुणस्तरीय शिक्षा दिने उद्देश्यलाई सहयोग पुगेको छ’ बिद्यालयले थप कम्प्युटरको समेत ब्यबस्था गर्ने उद्देश्य राखेको छ ।
बिद्यालयमा स्थापना भएको ल्याबको बिहीबार एक कार्यक्रमका बिच ब्यबस्थापिका संसद सदस्यद्वय अर्जुनप्रसाद जोशी र कल्पना चापागाईले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै सदस्य जोशीले सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सबै पक्षले सहयोग गर्न आवश्यक भएको बताए । उनले बिद्यालयका लागि आवश्यक पर्ने सहयोग गर्न आफुँ तयार रहेको बताउँदै सामुदायिक बिद्यालय र ग्रामिण क्षेत्रको बिकास गर्न राजनैतिक पुर्वाग्रह राख्न नहुने कुरामा जोड दिए ।
अर्का ब्यबस्थापिका संसद कल्पना चापागाईले छोरालाई निजी बिद्यालयमा र छोरीलाई सामुदायिक बिद्यालयमा पढाउने कुराले सामुदायिक बिद्यालयको स्तर उकास्न कठिन हुने बताउँदै छोराछोरीलाई समभावले हेर्दै सामुदायिक बिद्यालयलाई नमुना बनाउन आवश्यक छ भनिन । उनले नवज्योती थम माबि आफुँलाई शैक्षिक रुपमा अगुवा बिद्यालयको स्थापित हुन गरेको प्रयासको प्रसंशा गरिन ।
जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले सामुदायिक बिद्यालयको खस्कदो शैक्षिक अवस्थामा सुधारका लागि अभिभावक र बिद्यालयको बिचको सुमधुर सम्बन्ध आवश्यक पर्ने कुरामा जोड दिदै शिक्षकरुले राम्रो संग पढाउने हो भने पनि बिद्यालयहरुमा बिद्यार्थीको आर्कषण बढ्न सक्छ भने ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका क्षेत्रिय निर्देशक शंकर सुबेदी, सोर्डेक नेपालका कार्यक्रम ब्यबस्थापक देबीप्रसाद तिमिल्सीना लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन शिक्षक जगत मल्ल र स्वागत युबराज पौडेलले गरेका थिए ।