नेपाली युवा क्रिकेट टोली श्रीलंकासँग भिड्दै

सन्दीप लामिछानेको कप्तानीमा नेपाल एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार टेस्ट राष्ट्र श्रीलंकासँग पहिलो खेल खेल्न उत्रिँदैछ। श्रीलंकाको राजधानी कोलम्बोस्थित नोडेस्क्रिप्ट्स क्रिकेट मैदानमा हुने युथ–१९ एसिया कपमा बिहान १० बजेर १५ मिनेटमा नेपालको भिड्न्त आयोजक राष्ट्रसँग हुनेछ।

नेपाल यो प्रतियोगिताको समूह ‘ए’ मा छ। जसमा शुक्रबार नेपालको भिड्न्त भारतसँग हुनेछ। नेपालले समूह चरणको अन्तिम खेल मलेसियासँग आइतबार खेल्ने छ।

नेपाल २० ओभरको यो प्रतियोगिताको तेस्रो शृंखलामा सहभागिता जनाउन लागेको हो। यसअघिका दुई संस्करणमा नेपाली युवा टोली समूह चरणको खेलबाट माथि उठ्न सकेको थिएन्। यसपाली विगतभन्दा सुधारिएको प्रदर्शन हुनेमा आफू आशावादी रहेको कप्तान सन्दीपले बताएका छन्।

प्रतियोगितामा भाग लिन जानुपूर्व उनले टोली सन्तुलित भएको प्रतिक्रिया दिएका थिए। उनी करिब साढे २ महिना अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा अभ्यास गरेर फर्किएका बलर हुन्। जसको फाइदा पुग्ने प्रशिक्षक विनोद दासले बताइसकेका छन्।

प्रशिक्षक दासले खेलाडी तयारीका लागि पर्याप्त मौका नपुगे पनि नेपाली युवा टोलीले राम्रो प्रदर्शन गर्ने दाबी गरे। नेपाली टोलीमा हाल ६ खेलाडी पुरानै छन्। त्यसबाहेक दुई खेलाडी युथ–१६ बाट छानिएका थिए। अन्य खेलाडी पहिलो पल्ट ‘डेब्यू’ गर्दैछन्।

नेपाली युवा खेलाडीमा सन्दीपसँगै अविनाश कर्ण, सन्दिप सुनार, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र नन्दन यादव अनुभवी हुन्। आसिफ शेख र आदिल खानलाई युथ–१६ बाट ल्याइएको छ।

पछिल्लो पटक सन् २००० को १९ वर्षमुनिको विश्वकपको सुपर एटमा नेपाली टोली श्रीलंकासँग ९ विकेटले पराजित भएको थियो। श्रीलंकाको टोली नेपालका पूर्व प्रशिक्षक रोय डायसको प्रशिक्षणमा खेल्दै छ। डायस सन् २००१ देखि १० वर्षसम्म नेपाली टोलीको प्रशिक्षक थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा