दाहाल ‘गरिब’ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन ।

दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। यो खबर आजका सबै पत्र पत्रिकामा छापिएको छ।

के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै हो? प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च रवाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन ।

खान लाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन्। हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ।

उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन्। विलासी गाडी चढ्छन्।

दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’