जहाँ एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नपर्छ

जाजरकोट– जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन ।
पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् ।
‘गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो ’, पुजारु ९ टीकाचौरका स्थानीय यमलाल पुनले भने, ‘उपचारका लागि बिरामीलाई अस्पताल लानु भन्दा गाउँलेहरु धामीझाँक्रीकै भर पर्छन् ।’
जिल्लाका अति दुर्गम गाविस दहको जुर्क, निपाने पजारुका् टीकाचौर, रुव ढिम्को समाइला, धनरासी भगवतीको सिउन, सीमाको लयकाँडालगायतका गाउँका बासिन्दा स्वास्थ्य सेवाबाट टाढा रहेको  ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई