एस डेभेलपमेन्ट बैंक न्यून भाउमा इन्भेष्टमेन्ट बैंकलाई विक्री गरिंदै
काडमाण्ठौ, मंसिर ३० /सञ्चालकहरुको मिलेमतोमा एस डेभलपमेन्ट बैंकलाई नेपाल इन्भेस्टमेन्ट बैंकलाई कौडीको मुल्यमा बिक्री गर्ने तयारी भएको छ ।
बैंकका सञ्चालकहरुको आपसी मिलेमतोमा साधारण सेयर सदस्यहरुलाई मर्कामा पार्ने तथा सञ्चालक मालामाल हुने गरि एस डेभलप्मेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैैंकमा गाम्ने तयारी भएको हो । यसबाट सर्वसाधरण लगानीकर्ता भने ठुलो मारमा पर्ने देखिएको छ ।
एस डेभलपमेन्ट बैंकको शेयर संरचना अनुसार सर्वसाधारण शेयरधनीको ४९% र संस्थापक शेयरधनीको ५१% रहेकोमा एस डेभलपमेन्ट बैंकको संस्थापक शेयरधनीहरूलाई नाजायज आर्थिक लाभ समेत हुने गरि र सर्वसाधारण शेयरधनीहरूलाइ डुबाउने नियतले बजारमा प्रचलित स्वाप रेसियो भन्दा कममा अति नै न्यून ४१% मा एस डेभलपमेन्ट बैंक सुम्पिन लागेको देखिएको छ।
एस डेभलप्मेन्ट बैंकका प्रमुख समेत संस्थापक रहेको र नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगको पुरानो निजी तथा व्यापारिक सम्बन्ध रहेको हुँदा सर्वसाधारण शेयरधनीलाइ मर्कामा पार्ने गरी र आफूहरूलाइ मात्र फाइदा हुने गरी निहित् स्वार्थवस् नेपाल इन्भेस्टमेन्ट बैंकलाइ अति कम स्वाप रेसियोमा एस डेभलपमेन्ट बैंक सुम्पिन सम्पूर्ण चाँजो पाँजो मिलाएको साधारण सदस्यहरुले आरोप लगाएका छन । य नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पाँडेले पूर्व अर्थमन्त्री आफ्नो सम्धी भएको र नेपाल राष्ट्र बैंकमा आफ्नो पहुँच भएको भनी नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागलाइ समेत आफ्नो पहुँच प्रयोग बैंक मर्ज गर्न लागेका हुन । यसमा आर्थिक चलखेल गरि नियम विपरित नेपाल राष्ट्र बैंकबाट स सहमति लिने तरखरमा रहेको हुनसक्छ ।
यसअघि सनराइज बैंकले नारायणी डेभलप्मेन्ट बैंकलाई ७८ प्रतिशतमा गाभेको थियो भने सिभिल बैंकले आइएलएफसी फाइनान्सलाई ८० प्रतिशत रेसियोमा गाभेको थियो । एनएमबी बैंकले क्लिन इनर्जी बैंक संग ७५ प्रतिशतमा तथा कुमारी बैंकले काष्ठमण्डप डेभलप्मेन्ट बैंकलाई ८३ प्रतिशतमा लिएको थियो। जनता बैंकले त्रिबेणी बिकास बैंकलाई १ सय प्रतिशत स्वाप रेटमै लिएको थियो ।
अन्य बैंकको दर अनुसार पनि अन्यायपूर्ण तरिकाले सर्वसाधारण शेयरधनीहरूलाइ मर्कामा पार्ने गरी एस डेभलपमेन्ट बैंकलाइ सुम्पिन लागेको कुरा थाहा पाएपछि एस डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीले ब्यापक बिरोध गरेका थिए । व्यापक विरोधको वावजूद आफ्नो निहित स्वार्थको लागि सुम्पिने कार्य अगाडि बढाएको हुँदा बाध्य भइ सर्वसाधारण शेयरधनीहरूले सोको बिरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा लिखित् उजुुरी दिएका छन । सर्वसाधरणले अख्तियारमा दर्ता गरेपछि को सोही अनुरूप आवश्यक कारवाहि गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग बाट मिति २०७३।०८।१० च. न. ८७६ पत्र संख्या नं १ अर्थ २३५।०७३।७४ बाट नेपाल राष्ट्र बैंकलाइ पत्र समेत पठाएको छ। तर पनि नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेसँगको व्यक्तिगत सम्वन्ध र आर्थिक लाभ लिइ सम्पूर्ण कुराहरूमा आफैले बनाएको नयाँ नियम लागू गर्ने नेपाल राष्ट्र बैंकले नयाँ नियम आउनु अघिको डिडिए र एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापकहरूको निहित स्वार्थवस् प्रस्ताव गरिएको ४१% स्वाप रेसियोमा नै एस डेभलपमेन्ट बैंकलाइ नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्ति गर्ने सहमति दिन लागेको कुरा स्रोतले जानकारी दिएकोछ ।
नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार शेयर स्वाप रेसियोको गणना गर्ने भए कम्तीमा ५५% हुन जाने भएतापनि ४१% मा नै स्वाप रेसियो कायम गरी स्विकृती दिन खोज्नुबाट एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरधनीहरूको चलखेल र नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागले मोटो आर्थिक फाइदा लिएको सर्वसाधरणले अनुमान गरेका छन।
यदी यसरी संम्बन्धित अधिकार प्राप्त निकायहरुमा सर्वसाधारण शेयरधनीहरुलाई परेको मार्काको सम्बन्धका उजुरी गर्दा पनि यी नोपल इन्भेष्टमेन्ट बैक र एस डेभलप्मेन्ट बैकको संचालकहरुले मिलेमतोमा बैकलाई ४१ प्रतिशतको स्वाप रेसीयोमा खरीद बिकी गरेमा अदालत जाने तयारी गरेको एक सेयरधनीले जानकारी दिए ।