फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर (यस्तो बन्दै छ फोटो फिचर)

cabal-carपोखराको सराङकोटमा केबलकार निर्माण बुधबार देखी सुरु हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण सुरु गरेको हो । बुधबार निर्माणस्थलमा भुमिपुजा समेत गरेको छ । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोट सम्मजाने गरि केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेश लगानी रहेको छ ।

२ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवय नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालनगर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवादिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिन्छ उनको भनाई थियो । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् ।

काम सुरुभएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्नगर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष कालु गुरुङले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गाप्राप्तिको काम समेत उनले बताए । वनक्षत्रे पर्ने २४ रोपनीजग्गाको अन्यत्र सट्टा जमिनदिई ४० वर्षका लागि सरकार सगँलिजमालिएको बताए । कम्पनीले पिल्लर रहेन ठाउँको निजीजग्गाकिनि सेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाकाजग्गाधनिलाई शेयर दिने बताए । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने गुरुङले बताए ।

उनले १ देखि ८ आनाजग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्मजग्गा पर्नेको १ लाख बराबरको शेयर दिने उनले बताए । केबलकार निर्माणका लागिआवश्यकवित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै कामचितवन कोईले पाएको छ ।  नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमापनि सोहीप्रविधिअनुसार एउटा तारमा कार झुन्डिने छन् ।

यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए ।  अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनीदर्ता भएको थियो। तर पनि विभिन्न कारणले निमार्ण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पनि करिब २ सय जनाले रोजगारी पाउने छन्।

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ