पर्वतको देउपुरमा नि: शुल्क आँखा शिवर संचालन सम्पन्न
पर्वत जिल्लाको देउपुर गा.वि.स.मा हिजो २०७३ मंसिर २८ गते निस् शुल्क आँखा शिवर संचालन सम्पन्न भएको छ । उक्त शिविरमा २०९ जना आँखाका बिरामीहरुले उपचार गराएका थिए । उक्त बिरामीहरुलाई आँखा जाँच गराई शिविर स्थलबाटनै चस्मा र आवश्यक औषधीहरु बितरण गरिएको थियो ।
२०९ जना मध्ये ६ जना बिरामीहरु आँखाको अप्रेसन गर्नुपर्ने भएकोले सोही दिनबेलुका हिमालन आँखा हस्पिटल, घारीपाटन पोखरा अप्रेसनको लागि लगिएको छ । बिरामीहरुलाई यातायात, खाना बस्नको सुविधा र उपचार लगायत घर सम्म ल्याउने सम्पूर्ण ब्यवस्था मिलन फाउण्डेशन नेपालले मिलाएको छ ।
जननेत्र उच्च माध्यामिक देउपुर मैदानको प्राङ्गणमा भएको निस्शुल्क शिविरमा अध्यक्षता मिलन फाउण्डेशनका कार्यवहाक अध्यक्ष देवी गुरुङले गर्नु भएको थियो । प्रमुख अतिथिमा अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठानका अध्यक्ष डम्बर सिंह गुरुङले गर्नु भएको थियो भने विशिष्ठ अतिथिमा हिमालयन आँखा हस्पिटलका सिनियर डा. प्रफुल्ल शर्मा र सिनियर डा. भोजराज गौतम अतिथिमा हिमालन हस्पिटलका डा. धर्मराज यादव र दिपक मल्ल जननेत्र उ.मा.वि. विद्यालय ब्यवस्थाप समितका अध्यक्ष कृष्णबहादुर गुरुङ, देउपुरकोट पुजा समितको अध्यक्ष ह. टेकबहादुर खड्का, अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठानका कोषाध्यक्ष एंव हिमालय मा।वि। देउरालीका सहायक प्र।अ। बिष्णुप्रसाद सुवेदी, जननेत्र प्रा।वि। इन्चार्ज भुमराज तिमिल्सिना र कालिका युवा क्लव देउपुर १ का अध्यक्ष रामु खड्काले गर्नु भएको थियो ।
कार्यक्रमको उद्देश्य माथी प्रकास र स्वागत मनतब्य मिलन फाउण्डेसनका सह(सचिव कमल थापाले दिएका थिए भने हिमालन आँखा हस्पिटलका सिनियर डा. भोजराज गौतम, अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठानका कोषाध्यक्ष एंव हिमालय मा.वि. देउरालीका सहायक प्र.अ. बिष्णुप्रसाद सुवेदी र प्रमुख अतिथि डम्बर सिंह गुरुङले मनतब्य राखेका थिए ।
प्रमुख अतिथि गुरुङले देउपुर गा.वि.स.को बिकासको निम्ती शैक्षिक, स्वास्थ्य र खेलकुद विकासमा योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरु ल्याउने जानकारी दिनुभयो । कार्यक्रम मिलन फाउण्डेशन नेपालका सचिव मदन गुरुङले संचालन गरेका थिए । धन्यवाद सहित समापन फाउण्डेशनका कार्यवहाक अध्यक्ष देवीकुमारी गुरुङले गरेका थिए ।
मिस तमुस्यो २०१६ का बिजेता निशा तमु र मिस तमुस्यो २०१६ का फस्ट रनर अप स्यारोन गुरुङले सो शिबिरमा स्यवंसेविकाको भुमिका निर्वाह गरेका थिए साथै आकांक्षा तमु, संचिता के.सी., रिता धमानिया, शान्ता गुरुङ र कालिका युवा क्लवले स्वसंसेवक गरेका थिए । अतिथिहरुलाई खान बस्नको ब्यवस्था अम्मर हाईसुवा शैक्षिक प्रतिष्ठान देउपुर पर्वतले गरेको थियो ।
प्राविधिक सहयोग हिमालयन आँखा हस्पिटल घारी पाटन पोखरा र आयोजना मिलन फाउण्डेशन नेपालले गरेको थियो । उक्त शिविरमा ६ जना बिरामीहरुलाई शल्यक्रियाको लागि घरबाट अस्पताल सम्म र अस्पतालबाट घर सम्मको यातायात ब्यवस्था मिलनफाउण्डेसन नेपालका कार्यसमिति सदस्य सरस्वती क्षेत्री र उहाँको श्रीमान नारायण क्षेत्रीले ब्यवस्थापन गरेका छन् । अन्य सम्पूर्ण खर्च मिलन फाउण्डेशनका संरक्षक दुर्गा घोताने गुरुङ (मिलन) र अध्यक्ष गंगाकुमारी गुरुङले गर्नु भएको छ ।