डिमुवा –राम्जा सडक कालोपत्रे शुरु, रतिखोलामा पक्की पुल बन्दै

dimuwa-ramja-sadak-1पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्न शुरु गरिएको छ ।
पर्वतको दोस्रो ब्यापारिक केन्द्र तिलहार गाबिसको डिमुवा देखि राम्जा सम्म जोड्ने सडक कालोपत्रे गर्ने काम मंगलबार देखि सुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको शुरु संगै डेढ बर्ष देखि जग्गा बिबादका कारण रोकिएको रतिखोलाको पक्की मोटरेबल पुलको निर्माण कार्य समेत शुरु हुने भएको छ ।
सडक डिभीजन कार्यालय बागलुङ्गले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा यस पटक ७ किलोमिटर पक्की गर्ने काम शुरु भएको हो । यस पटक टेण्डरको ८ किमी सडक कालोपत्रे गर्न १० करोड ३९ लाख रुपैया खर्च लाग्ने छ । सडक साढे पाँच मिटर चौडा हुने र घुम्तीहरुमा ७ मिटर सम्म चौडा हुने डिभीजनका प्रबत्ता इन्द्रबहादुर रानाले बताए । सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवा संग डेढ बर्षमा काम सम्पन्न गर्ने सम्झौत भएको हो । सम्झौता गएको असार महिनामा भएको थियो । उक्त काम सम्पन्न भएपछि बाँकी ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि पनि ठेक्का निस्कने डिभीजनले जानकारी दिएको छ ।
डिमुवा राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको १८ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष गाबिसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । जिल्ला बिकास समितिका तत्कालिन सभापति एबम नेकपा(एमाले)का पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाको पहलमा सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुनेछ । यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने पोलिटब्युरो सदस्य तिमिल्सीनाले बताए । 15391229_706931062797189_7568912533759601445_n

यसैगरी डिमुवा –राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम यसैसाता देखि सुरु हुने भएको छ । डेढ बर्ष देखि जग्गा बिबादका कारण रोकिएको सडकको निर्माण कार्य रोकिएको थियो । रतिखोलामा निर्माण हुने उक्त मोटरेबल पुल ७० मिटर लामो तथा ६ मिटर चौडा हुनेछ । मुल्यअभिबृद्धि कर बाहेक ८ करोड ४ लाख रुपैयाको लागतमा पुल निर्माण कार्य सम्पन्न हुनेछ । पुल निर्माण गर्नका लागि २०७२ असारमा सम्झौता भएपनि खोला किनारका जग्गाधनीको बिबाद का कारण अहिले सम्म काम नै शुरु हुन सकेको थिएन । जग्गाधनीले पुल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ। निर्माण कार्य ३० महिना भित्र पुरा हुने सडक डिभीजन कार्यालय बागलुङ्गले जनाएको छ। पुल निर्माणका लागि पनि एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले नै पहल गरेका हुन ।
रतिखोलामा पुल नहुँदा बर्षा याममा तीन महिना सवारी साधन चलाउन कठिन हुँदै आएको छ। तीन महिना त्यस क्षेत्रमा चल्ने सवारी साधन बन्द गर्नुपर्ने अवस्था छ । सडक कालोपत्रे हुने र पक्की पुल समेत निर्माण भएपछि बाह्रै महिना सडक सञ्चालन गर्न सहज हुने यातयात ब्यबसायी गणेश पुरीले बताए । ‘सडक कालोपत्रे हुने र रोकिएको सडक निर्माण कार्य सुचारु हुने कुरा त्यस क्षेत्रका बासिन्दाका लागि नै खुसीको कुरा हो’ उनले भने ‘यसलाई समयमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्न आवश्यक छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’