प्रचण्डका कारण माओबादी केन्द्र छाड्दै सयौ नेता

perisdadaकाठमाडौं, २९ मंसिर । प्रचण्डका कारण माओवादी पार्टी धराशायी बन्ने अवस्थामा पुगेको भनी उक्त पार्टीका नेताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । संविधान संशोधन प्रस्तावबारे पार्टीमा छलफल नचलाएको र राष्ट्रियता तथा राष्ट्रियता एकतामा दूरगामी क्षति पु¥याउने प्रकारले संविधान संशोधनको अन्तर्वस्तु तर्जुमा गरेको भन्दै पार्टीका प्रभावशाली नेताहरू प्रचण्डप्रति असन्तुष्ट बन्न पुगेका हुन् । टोपबहादुर रायमाझीलगायत हाल पाँच नम्बर प्रदेशको रूपमा चिनिएको क्षेत्रभित्रका माओवादी नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्नेसम्मको निर्णयमा पुगेका छन् । संविधान संशोधनको पक्षमा प्रचण्डले दृढता प्रकट गर्दै जाँदा माओवादीभित्रको चिरा बढ्दै गएको छ । सुदूरपश्चिमका चर्चित एवम् प्रभावकारी नेता लेखराज भट्ट प्रचण्डका कारण पार्टी छोड्ने निष्कर्षमा पुगेका छन् । रायमाझी र भट्टका अलावा खगराज भट्ट, भीम कडायत, जगत पार्की र सुन्दर रेग्मीले पनि माओवादी पार्टी परित्याग गर्नुपर्ने मानसिकता बनाएका छन् ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा प्रचण्डपुत्री रेणुका मितिनी रेणु चन्द (बैतडी) र दीपक साउद (अछाम) बाहेक सबैजसो नेता र कार्यकर्ताले पार्टी छोड्ने निर्णय गर्न लागेको जानकारी प्राप्त भएको छ । बेलाबखत उट्पट्याङ गरेर चर्चामा आइरहने नेता गोपाल किरातीले पनि प्रचण्डलाई राजीनामा बुझाएर चुपचाप बसिरहेका छन् । किराती असन्तुष्ट बन्नुको कारण खुलेको छैन, तर उनले पनि प्रचण्डसँग नै असन्तुष्ट भएर राजीनामा दिएको बताइन्छ । पार्टी परित्याग गर्ने तयारीमा रहेका माओवादी नेता र कार्यकर्तामध्ये कतिपयले एमाले नेतासँग र कतिले त नेपाली काङ्गे्रसका नेतासँग छलफल चलाइरहेको बुझिएको छ । केही युवानेता र कार्यकर्ताचाहिँ विप्लव (नेत्र विक्रम) नेतृत्वको माओवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सामेल हुने तयारीमा रहेको बताइन्छ ।

सुदूरपश्चिममा माओवादीप्रतिको वितृष्णा जुनस्तरमा प्रकट भएको देखिँदै छ, यही अवस्था कायम रहेमा पूरै सुदूरपश्चिममा माओवादीका कुनै पनि उम्मेदवारले जमानत बचाउन सक्ने ठानिँदैन । त्यसो त कदाचित संसदीय निर्वाचन हुनसक्यो भने माओवादीले बढीमा सात स्थानमा मात्रै विजय हासिल गर्न सक्ने सम्भावना देखिएको छ । रुकुमका जनार्दन शर्मा प्रभाकर, जाजरकोटका शक्तिबहादुर बस्नेत, रोल्पाका कृष्णबहादुर महरा, सिन्धुलीका हरिबोल गजुरेल, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहटका प्रभु साह र सिन्धुपाल्चोकका अग्नि सापकोटालाई सम्भाव्य विजयी व्यक्तिका रूपमा लिइन्छ । जहिलेसुकै निर्वाचन भए पनि अध्यक्ष प्रचण्डले सहज विजय प्राप्त गर्न सक्ने ठानिएको छैन । प्रचण्ड यतिबेला सर्वाधिक अलोकप्रिय नेताको कोटिमा परेका छन् । टोपबहादुर रायमाझी आउँदो चुनावसम्म प्रचण्डसँग एउटै पार्टीमा रहने सम्भावना कमै मात्र छ ।

माओवादी पार्टीमा नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलजस्ता नेताहरू पनि प्रचण्डको सोच र व्यवहारका कारण असन्तुष्ट बन्नुपर्ने अवस्था पैदा भएको छ । पार्टीमा बौद्धिक, परिपक्व र दूरदर्शी नेताका रूपमा चिनिने श्रेष्ठ र पोखरेल यतिबेला माओवादीलाई छोड्न पनि नसक्ने र बसिरहन पनि नसक्ने अवस्थामा रहेको बताइन्छ । पार्टी सिद्धान्तच्यूत भएकोले यसरी प्रभावकारी नेताहरू असन्तुष्ट बनेका भए पनि वैद्य समूह छोडेर माओवादीमा फर्किएका रामबहादुर थापा बादल र पम्फा भुसाललगायतले भने प्रचण्डलाई आँखा चिम्लिएर साथ दिएका छन् । वैचारिक असहमति जनाएर प्रचण्डसँग एकपटक ‘छुट्टी भिन्न’ भएका बादल र पम्फा भुसालहरू अहिले आश्चर्यजनक ढङ्गले प्रचण्डको पिछलग्गु भूमिकामा सीमित हुन पुगेका छन् ।

घटना र विचार साप्ताहिक बाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी