फरार सूचीमा रहेका अपराधी मन्त्रीको सहयोगी !

प्रहरीको फरार सूचीमा रहेका अपराधी एक जना मन्त्रीको पिएका रुपमा काम गरिरहेको पाइएको छ । ठगी तथा सरकारी कागजपत्र कीर्ते मुद्धामा १४ महिना जेल, सात लाख रुपिँया जरिवाना फैसलापछि फरार अवस्थामा रहेका अभिुक्तलाई वर्तमान सरकारका एकजना मन्त्रीको अघोषित पिए बनाएको खुलेको छ ।

उनको संरक्षणका रहेका कारण नै प्रहरीले पक्राउ गर्न सकेको छैन । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको फराको सूचीमा रहेका नुवाकोट जिल्ला रावतवेसी गाविस वडा नम्वर–४ का २६ वर्षीय सरोज केसीलाई सहयोगका रुपमा साथमा राखेका छन् ।

उनलाई घोषित पिए भने बनाइएको छैन तर, मन्त्री केसीलाई गरेको फोन पनि फरा सूचमिा रहेका केसीले नै उठाउने गरेका छन् । अहिले मन्त्री केसीको विश्वासीलो पात्रका रुपमा उनले काम गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंले केसीलाई फरार अपराधिको सूचीमा राखी पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको थियो । फरारको सूचीमा राखेका केसी हरेक दिन सिंहदरवारस्थित शहरी विकास मन्त्रालयमा आवत जावत गर्ने गरेका छन् ।

केसीले सप्तरी सिमराहा सिगीयौना–४ घर भइ हाल जनमैत्री अस्पतालमा कार्यरत डा मनोज कुमार साहलाई बीर अस्पतालमा एमडी अध्ययनका लागि निशुल्क छात्रबृति मिलाइ दिने नाममा एक करोड नगद लिइ नक्कली कागजपत्र पेश गरी ठगी गरेका थिए ।

सो मुद्धामा जिल्ला अदालत काठमाडौंका न्यायाधिस सूर्यप्रसाद पराजुलीको इजलासले २०७३ साल जेठ ३१ गते केसी विरुद्ध १४ महिना जेल र सातलाख रुपियाँ जरिवाना हुने फैशला सुनाएको थियो ।

अदालतबाट जारी गरिएको म्याद गुजारी बसेका अपराधि केसीलाई पुनरावेदन गर्नेबाटो समेत बन्द गरिएको छ । अपराधिहरुमा राजेश कहार, रवि पौडेल र दिपक मुडभरी जेलमा छन् । तर, केसी र बारा कलैयाका पिन्टु भन्ने शशिकान्त मिश्र फरारको सूचीमा छन् ।

kc 2पाँचजनाको मिलिमतोमा २०७१ सालमा डा साहलाई पैसा खर्च गर्न सके एमडीमा नाम निकाल्न सकिन्छ भन्दै काँग्रेस नेता अर्जुननरसिंह केसी र उहाँका भाइ बरिष्ठ चिकित्सक केदारनरसिंह केसीको हवलामा दिदै एक करोड लिएको पूहरीको दावी छ ।

करीव तीन महिनासम्म एमडी अध्ययन गरिहेका डा साहले इन्ट्रान्स कक्षका लागि अन्य अस्पतालमा काम गर्न जाने क्रममा आफ्नो नाम फेला नपरेपछि बीर अस्पतालसंग सोधपुछ गर्दा उनी त्यहाँको विद्यार्थी नै नभएको तथ्य फेला परेको थियो ।

अपराधि केसीले डा. साहलाई ठग्नु अघि नुवाकोटकै एक युवतीलाई पनि नर्सिङ शिक्षा पिसिएल नर्सिङमा नाम निकाली दिने भन्दै तीनलाख ठगी गरेको र नुवाकोटकै एक तामाङ थरको युवालाई विशेष प्रहरीमा जागिर लगाइ दिने भन्दै सात लिइ ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’