एसियाकै अग्ला पुल बिदा मनाउने स्थल बन्दै

kushma- muk

kushma- muk

सानो भएपनि असीमित सम्भावना बोकेको जिल्ला हो पर्वत । मुलुककै आकर्षक गुप्तेश्वर गुफा, विश्वकै ठुलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक लगायतका आकर्षकस्थलहरु रहेपनि पर्वतमा पर्यटक तान्ने गतिलो साधनका रुपमा एसियाकै अग्ला झोलुंङ्गे पुलहरु बन्न थालेका छन् ।
पर्वतमा कुश्मा–ज्ञादीपछि थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले आन्तरिक पर्यटकहरु बिदा मनाउन आउन थालेका छन् । ‘आज शनिबार त्यसैले साथीहरुसँग बिदाको दिन पारेर अग्लो पुल घुम्न आएको छु’ पोखराबाट अग्ला पुल घुम्न कुश्मा आएकी नीता श्रेष्ठले भनिन् । उनले नेपालकै अग्लो पुल कस्तो होला भन्ने जिज्ञासा लिएपनि शनिबार त्यो पुरा भएको बताइन ।
‘पर्वतका अग्ला पुलहरुको अवलोकन गर्ने निकै इच्छा थियो, त्यो आज पुरा भएको छ’ उनले भनिन । उनीजस्तै बिदालाई उपयोग गर्दै आएकी म्याग्दीकी सरिता पुनले पनि अग्ला पुलका कारण आफु पर्वतको कुश्मा घुम्न आएको बताइन । ‘अग्ला र लामा पुलमा आवतजावत गर्न पाउदा खुशी लागेको छ’ उनले भनिन् ।
kushma-kaiya-pulनीता र सरिताजस्तै हरेक बिदाको दिन अग्ला पुलमा घुम्न आउनेको भरिभराउ हुन थालेको छ । कुश्मा–ज्ञादी पुल सात बर्षअघि सञ्चालनमा आएपनि कुश्मा–कैया तीन बर्ष र कुश्मा–मुडिकुवा पुल दुई साताअघि मात्रै सञ्चालनमा आएको हो । अहिले यी तिन वटै अग्ला पुलमा गरी दैनिक तीन हजारबढीले आवत जावत गर्छन भने बिदाको दिनमा पाँच हजार बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् । यसबाहेक पुल वरपर वनभोज खानेहरुको शनिबार भिड नै लाग्ने गरेको छ। तीन वटै अग्ला पुलमा बिदाको दिनमा दर्जन भन्दा बढी वनभोज टोली आउने गरेका छन। ‘एक दिनमा दश टोली सम्म वनभोज आएको भेटियो’ कुस्मा ज्ञादी झोलुङ्गे पुलका अध्यक्ष शिब शर्मा पौडेलले भने ।
पुलको अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छ«ेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरु पुल अवलोकनमा आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका छन् । kusma-gyadi-jhulungy-pul-parbat-1-630x272
अग्लो पुलको अवलोकनका लागि आएका नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले अग्ला र लामा पुलका कारण पर्वत जिल्लामा पर्यटनको राम्रो सम्भावना रहेको बताए । ‘पर्वत जिल्लामा पर्यटनका लागि राम्रो सम्भावना रहेछ’ उनले भने–‘अग्ला पुल, कालीगण्डकी नदी र मोदीखोलाको रमणीयस्थल, माछापुच्छ«ेसहितका हिमालको दृश्यावलोकन पर्वतका मुख्य आकर्षण रहेछन् ।’
पुल सर्बसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भएपनि पुल अवलोकनका लागि पर्यटकहरु आउदा पुल वरपरको ब्यापार ब्यवसाय समेत फस्टाएको छ । अहिले तीन वटै पुल वरपर दुई दर्जनबढी होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाजमिनको मुल्य समेत बढेको छ । पर्वतको कुश्मा–ज्ञादी पुल एक सय ३५ मिटर उचाई र तीन सय ४४ मिटर लामो रहेको छ । यता कुश्मा–कैया एक सय ५५ दशमलब ७० मिटर उच्चाईमा निर्माण भएको हो ।
कुश्मा–कैया पुल भन्दा यो पुल ३० सेन्टिमिटर मात्रै होचो छ । त्यस्तै लम्बाई तीन सय ५९ मिटर रहेको छ । पछिल्लो समय निर्माण भएको यो पुल पूर्वसांसद एवम् नेपाली कांग्रेसका तत्कालिन मुख्यसचिव ऋषिकेश तिवारीको पहलमा निर्माण भएको हो ।
15540422_956557964477437_253190880_oयो पुलले दक्षिणी भेगका मुडिकुवा, खानीगाउँ, देविस्थान, शंकरपोखरी, कुर्घा, लिमिठाना, लुंखु, पाङराङ, बाच्छा, बर्राचौर, रानीपानी लगायत दुई दर्जन गाविस बासीलाई सदरमुकाम कुश्मा आवतजावतका लागि एक घण्टा दुरी छोटिने भएको छ । त्यस्तै उक्त पुलबाट बागलुङको दक्षिणी भेगका बासिन्दा समेत लाभान्वित हुनेछन् । यता कुश्मा कैया पुलले बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँचमा सहज भएको छ ।
यी पुलहरुमा नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि पर्यटक प्रबद्र्धनजन्य संरचनाहरु निर्माण गर्न आवश्यक रहेको छ । ‘अबको समय आकर्षक पुलकै माध्यमले पर्यटन प्रबद्र्धनजन्य संरचना निर्माण गर्दै थप आकर्षक बनाउनुपर्छ’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण तिवारीले भने ।
उनले मुडिकुवा–कुश्मा आवतजावतका लागि विगतमा घण्टाबढी लाग्ने भएपनि पुलले निकै सहज भएको बताए । ‘मुडिकुवासहित फलेबास क्षेत्रमा उत्पादन भएको दुध, तरकारी, फलफुललाई अब बजारसम्म ल्याउन निकै सहज हुने भएको छ’ उनले भने–‘मेहनती कृषकका लागि यो निकै खुशीको कुरा हो ।’

ko{6sLo uGtJo:yn cUnf] k'n kj{tsf] s'Zdfahf/ / kmn]jf; hf]8g] lgdf{0fsf] clGtd r/0fdf k'u]sf] s'Zdf–d'l8s'jf k'n / k[i7e"lddf b]lvPsf] s'Zdf–s}of emf]n'ªu] k'n . k'naf6 tn b]lvPsf] df]bLvf]nf / sfnLu08sLsf] ;ªud k|l;4 wfld{s:yn df]bLj]0fLwfd . oxfF cUnf k'n x]g{ b}lgs xhf/f}+sf] ;+Vofdf ko{6s cfpg yfn]sf 5g . tl:a/ M nIdLk|;fb ;kfs]f6f, kj{t, /f;;

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’