बोक्सी आरोपमा मारिएकी लक्ष्मीको पाँच दिन बित्दापनि किन भएन पोस्टमार्टम ?

काठमाडौँ – नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको मृत्यु भएको पाँच दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ । आयोगले सोमबार तथा दलित आयोगले मंगलबार घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएका छन् । बुधबार पोस्टमार्टम गर्न लागिएको छ ।
गत २० मंसिरमा सूर्याेदय स्कुलको प्रांगणको पोलमा बाँधेर लक्ष्मीलाई कुटपिट गरी मलमूत्र खुवाइएको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनबाट पुष्टि भइसकेको छ । बोक्सी भन्दै उनलाई कुटपिट भएको मृतकका छोरा र स्थानीयले बताएका छन् । तर, गाली गर्ने क्रममा बोक्सी भनेको वा बोक्सीकै आरोप लगाएर कुटपिट गरेको भन्ने विषय प्रस्ट भइनसकेको अनुसन्धानमा आबद्ध प्रहरी तथा अधिकारकर्मीले बताएका छन् । २० गते उनलाई कुटपिट गरी घाइते बनाएको चार दिनपछि उनको मृत्यु भएको थियो । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमान्सहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ । बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए, ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा