मेस्सीले भेटे प्लाष्टिकको जर्सी लगाउने मुर्तजालाई, मैदानमा सँगै हिँडे

मंसिर २९ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्लाष्टिकले बनेको जर्सी लगाएर अनलाईनमा चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीलाई भेट्ने मौका पाएका छन् । गएको जनवरीमा मेस्सी तथा नम्बर १० लेखिएको प्लाष्टिकको जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपनि अफगानिस्तानका बालक मुर्तजा अहमदी चर्चामा आएका थिए । अहमदीलाई अहिले आएर मेस्सीले भेटेका छन् । जनवरीमा सामाजिक सञ्जालमा अहमदीको तस्बिर भाइरल भएपनि मेस्सीले आफूले हस्ताक्षर गरेको जर्सी उनका लागि पठाएका थिए । मेस्सीले अहमदीलाई दोहामा भेटेको कतार विश्वकप २०२२ आयोजक कमिटिले जनाएको छ ।

कतारको टिम अल अहलीसँग मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाको टिम दोहा पुगेको थियो । यही अवसर पारेर मेस्सीले अहमदीलाई भेटेका हुन् । अहमदी पिचमा मेस्सीसँगै हिँडे ।

Gif of the day: 6 year old Murtaza with his idol Messi.. So cute 😍😭❤️

यो खेलमा बार्सिलोना ५–३ ले विजयी भयो । कतार विश्वकप २०२२ आयोजक कमिटिले मेस्सी र अहमदीको भेट भएको कुरा ट्वीट मार्फत जानकारी दिएको हो ।

We are glad to see Messi finally called Murtaza and met him to make his dream come true.
It all started with our tweet that went viral.pic.twitter.com/5lDcr6HbYZ

उसले लेखेको छ ‘त्यो तस्बिर जो दुनिया देख्न चाहन्थ्यो । त्यो ६ वर्षको बालकले आफ्नो हिरो मेस्सीसँग भेट्ने सपना देखेको थियो । अन्ततः सकार भयो ।’

We are glad to see Messi finally called Murtaza and met him to make his dream come true.
It all started with our tweet that went viral.pic.twitter.com/5lDcr6HbYZ

अफगानिस्तानको गन्जनी प्रान्तको जाघौरी जिल्लाका अहमदीको परिवार अपहरणको चेतावनीका कारण पाकिस्तान विस्थापित भएका छन् । अहमदीको तस्बिर चर्चामा आएपछि अस्ट्रेलियामा बस्दै आएका उनका काका अजिम अहमदीले उनको पहिचान गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा