१ सय २० किलोका यी मोडेलले ‘सुन्दरी महिला’को उपाधी जितेर सबैलाई आश्चर्यमा पारिन्

काठमाडौं  /अर्जेन्टिनामा हालै भएको सौन्दर्य प्रतियोगितामा १ सय २० किलो तौलका एक महिलाले प्रतियोगिताको ताज जितेर सबैलाई आश्चर्यमा पारेकी छिन् ।
प्रतियोगितामा सहभागी एकसेएक स्लिम मोडेलहरुलाई पछाडी पारेर ऐस्टेफेनिया कोरेया ले सौन्दर्य प्रतियोगिताको उपाधी जितेकी हुन् ।

२४ बर्षीया कोरेयाले कार्यक्रममा सहभागी स्लिम युवतीहरु भन्दा कोरेया अब्बल ठहरिएकी थिइन् । कोरेयाले कार्यक्रममा भेदभाव विरोधी भाषण गरेर निर्णायको मन जितेकी थिइन् । उनले कार्यक्रममा ‘क्वीन अफ वेडिमिआ’ नामक उपाधी जितेकी थिइन् ।

अर्जेन्टिनामा अल्कोहलको नाममा मनाउने एक पर्वका अवसरमा उक्त सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको थियो । यस प्रतियोगितामा मेन्डोजा प्रान्तका १८ क्षेत्रबाट महिलाहरुले सभागागिता जनाएका थिए ।

५ फीट ३ इन्च अग्ली कारेयाले उक्त प्रतियोगिताको लागि एक बर्षसम्म तयारी गरेकी थिइन् । त्यसपछि मात्र उनलाई मोडलिङ प्रतियोगिताको लागि स्वीकृति मिलेको थियो ।

प्रतियोगितामा कुनै भेदभाव नभएको बताउँदै कोरेयाले प्रतियोगितामा सहभागी हुन आफूलाई लुगाकपडा पाउन निकै गाह्रो भएको सुनाइन् । उपाधी जितेपछि निकै खुशी उनले जीवनमा शरीरको सुन्दरता मात्रै सबथोक नभएको बताएकी थिइन् । एजेन्सी

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना