प्रेममा पर्नुभाछ ? यी सात कुराले जनाउँछन् लक्षण
December 13, 2016 | 10:42 pm    
प्रेममा पर्नु रमाइलो कुरा हो, होइन त ? प्रेममा छु भन्ने अनुभूति गर्नु अझ बढी आनन्दको कुरा हो । हामी प्रेममा चुर्लुम्म डुब्दा कतिपय काम गरिरहेका हुन्छौं जुन हामीलाई यादै हुँदैन ।

१ प्रेमीको सामाजिक सञ्जाल हेर्ने
प्रेममा परेपछि प्रेमीले सामाजिक सञ्जालमा के पोस्ट ग-यो भनेर हेर्न थालिन्छ । कतै ऊ अरू केटीका फोटोमा लाइक गरिबस्दैन भनेर पनि हेर्न थालिन्छ ।
२ साथीसँग टाढिने
प्रेममा परेपछि साथी पनि टाढा हुन सक्छन् । यो क्रूर यथार्थ हो । हुन त साथीलाई फ्याट्टै छोड्नु हुँदैन तर प्रेममा सब जायज हुन्छ ।
३ दिमागमा रोमान्टिक गीत घुम्ने
प्रेममा परेपछि तपाईं रोमान्टिक गीतमा आफ्नो प्रेमीसँग घुमिरहेको कल्पना गर्न थाल्नुुहुन्छ । अझ प्रेमीबाट टाढा हुनुहुन्छ भने विरहका गीत घुम्छन् दिमागमा । यसमा लाज मान्नुपर्ने कुरै छैन ।
४ उसकी पूर्वप्रेमिकाको चियो गर्ने
सबैजनाले यही गर्छन् । अझ चियो गर्ने मात्र हैन त्यो प्रेमिकासँग आफूलाई दाँज्ने पनि गर्छन् ।
५ उसको दीवाना हुने
ऊ कति राम्रो छ, उसको आवाज कस्तो दमदार, उसको बास्नै राम्रो जस्ता अभिव्यक्ति दिन थाल्नुहुन्छ । आफ्नो प्रेमीको दीवाना हुँदा यस्ता कुरा स्वाभाविक रूपमा निस्कन्छन् । यसैलाई त हनीमून पिरियड भनिन्छ ।
६ लुगा लगाउन समय लगाउने
एउटा लुगा लगाउने अनि तत्कालै चेन्ज गर्ने । आफ्नो प्रेमीलाई भेट्न जानुअघि यसरी लुगा लगाउनमा घन्टौं बिताउने । प्रेममा यसो गर्नु र प्रेमीका लागि सुन्दर देखिन समय लगाउनु स्वाभाविक हो ।
७ उसका लागि अरूसँग झगडा गर्ने
तपाईंका साथीले तपाईंको प्रेमीका बारेमा नकारात्मक कुरा गर्दा तपाईंलाई रिस उठ्नु स्वाभाविक हो । आफ्नो प्रेमीको बारेमा कसैले नराम्रो टिप्पणी गर्दा झगडा गर्नु प्रेममा परेको लक्षण हो ।
द टाइम्स अफ इन्डिया