एमाले पर्वतको ४ महिने जागरण अभियान नेकपा एमाले पर्वतको अगुवा कार्यकर्ता भेला सम्पन्न
पर्वत, २८ मंसिर/नेकपा एमाले पर्वतको ४ महिने जागरण अभियान अन्तर्गत अगुवा कार्यकर्ता भेला पर्वत सदरमुकाम कुश्मा बजारमा सम्पन्न भएको छ ।
गाउँ स्तरीय नेताहरु सम्मीलीत भेलालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का सह संयोजक गणेश तिमिल्सीनाले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तिमिल्सीनाले सरकारले पेलेर संविधान विपरीत ल्याएको प्रस्तावमा एमालेले डटेर समाना गर्ने समेत बताए । उनले प्रस्ताब अस्विकृत हुने निश्चित भएकाले पनि ससकारले फिर्ता गर्नुको बिकल्प नभएको स्पष्ट पारे । सरकारले निर्वाचनको मिति तोक्नुको साटो संविधान संसोधन प्रस्ताब ल्याएर निर्वाचन टार्न खोजेको आरोप उनले लगाए ।
कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेले संविधान संसोधनको देशभरबाट प्रतिकार गर्ने निर्णय गरेकाले सोहि बमोजीम लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेपालीले एमालेको गाउँ जागरण अभियानमा संविधानको कार्यान्वयन र संगठन सुढिकरण अभियानलाई थप ब्यवस्थित ढङगले अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरीले एमाले पर्वतले निर्वाचनको मिति तोक्दा सरकार पक्षको पराजीत हुने देखेपछि संविधान संसोधनको बहानामा निर्वाचनको मिति पछी सारिएको बताए । एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्ति हुन कसैले रोक्न नसक्ने भन्दै एमाले पर्वतले ४ महिने गाउँ जागरण अभियान मार्फत एमाले पर्वतलाई थप दरिलो शक्ति बनाउन लागेको बताए ।
कार्यक्रममा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवंरले एमालेका कार्यकर्ताहरु उत्पादनमुखी बनेर देशको विकासमा भूमिका खेल्नुपर्ने बताउदै गाउँ जागरण अभियानमा मार्फत आर्थिक सम्बृद्धिको सन्देश एमालेले दिन खोजेको बताए । कार्यक्रममा उपाध्यक्ष कुवंरले एमालेलाई देशको पहिलो शक्ति बनाउने अभियान कसैले रोक्न नसने भन्दै एमालेको कार्यकर्ता प्रशिक्षित हुन जरुरी रहेको बताए ।
कार्यक्रममा एमाले पर्वतका सचिव पदमपाणी शर्माले संगठन सुढिढिकरण अभियानलाई ब्यवस्थित बनाउन कार्यकर्तालाई निर्देशन दिदै पार्टी सदस्यताका लागि आधारभूत संगठन पद्धतिमा सामेल हुनुपर्ने बताए । शर्माले पार्टीको संगठनलाई गतिशिल बनाउन एमाले जिल्ला नेतृत्व सधै संवेदनशिल रहेको भन्दै सोहि बमोजीम कार्य गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
उप सचिव गोविन्द पहाडीले अलोकप्रिय बन्दै गएको सरकारका सवै काम भारतको निर्देशनमा भएको भन्दै त्यसलाई एमाले कार्यकर्ताले गाउँ गाउँ देखि विरोध गर्नुपर्ने बताए । पार्टीको ४ महिने अभियानमा गाउँ र वडा तहसम्म एमालेको नेतृत्वमा रहेको सरकारले गरेका उदाहरणीय जनमुखी कार्यहरुको प्रचार गर्न समेत अगुवा कार्यकर्तालाई निर्देशन दिए । भेलामा एमालेका नगर र गाउँ कमिटीका अध्यक्षहरु सहभागि छन ।