चैत्र भित्र पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने तयारीमा पर्वत
पर्वत /पर्वत जिल्लालाई आगामी चैत्र महिना भित्र पुर्ण खोप सुनिश्चिित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।
जिल्लामा सबै लक्षित बालबालिकाहरुलाई २ बर्ष भित्रै सबै खोपको मात्रा पुरा गराई चैत्र महिना भित्र जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको जानकारी हाल सम्म जिल्लाका २९ वटा गाउँ बिकास समितिहरुलाई पुर्ण खोप सुनिश्चित गाबिस घोषणा गरिएको छ । भने पौष महिना भित्रै १० गाउँ बिकास समितिलाई घोषणा गर्ने तयारी थालिएको छ । जिल्लामा पहिलो पुर्णखोप सुनिश्चित गाबिसको रुपमा लुंखु देउराली गाबिस घोषित भएको थियो भने त्यसपछि बाँसखर्क, ठानामौला , शालिजा, चित्रे, पाङ्गराङ्ग, वहाकीठाँटी, लेखफाँट, पिपलटारी, लुंखु, बाजुङ्ग, कार्किनेटा, बालाकोट गाबिस पनि पुर्णखोप सुनिश्चित घोषणा भैसकेका छन।
यसबाहेक क्याङ्ग, खानीगाउँ, फलामखानी, दुुर्लुङ्ग, कटुवाचौपारी, हुवास, शालिग्राम, चुवा, लिमीठाना, त्रिबेणी, उरामपोखरा, देउपुर, देउराली, टकलाक, बाच्छा र बराचौर गाबिस पनि घोषणा भैसकेका छन ।
कार्यालयका अनुसार बनौ, सरौखोला, भंगारा, शंकरखोपरी, थापाठाना, पाङ्ग, देबिस्थान, कुर्घा, पकुवा र ठुलीपोखरी सबै प्रकृया पुरा भैसकेकाले पुष महिना भित्र घोषणा गर्ने तयारी भैएको छ । ‘यी गाबिसलाई सबै पक्षको समन्वय गरि पौष महिनामा नै घोषणा गर्छौ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. फडिन्द्र बरालले भने ‘सबै प्रकृया पुरा भएकाले मिति तोक्न मात्रै बाँकी छ’
कार्यालयले दिएको जानकारी अनुसार तिलहार र खुडिकुवा गाबिसले घोषणाको तयारी थालेका छन भने जिल्लाबाट सर्भेक्षण गर्न बाँकी तर प्रकृया थालेका गाबिसहरुमा रानीपानी, भोर्ले, बेउलीबास, पाङ्ग, खौलालाँकुरी, भोक्सिङ्ग, होस्राङ्गदी, मल्लाज र आर्थर डाडाँखर्क रहेका छन । खुर्कोट, धाइरिङ्ग, नाङ्गलीबाङ्ग, शिवालय, राम्जा र पाखापानी गाबिसले अहिले सम्म घोषणाको कुनै पक्रिया नै थालेका छैनन ।
जिल्ला खोप समन्वय समितिको मंगलबार बसेको बैठकले चैत्र महिना भित्र सम्पन्न गर्ने लक्ष्यलाई सबै पक्षले सहयोग गर्ने निर्णय भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सम्बन्धित गाबिसका स्वास्थ्य प्रमुखहरुले बढी ध्यान दिन जरुरी भएको बताए । त्यसबाहेक सबै पक्षले सहयोग गर्न तयार भएको उनले बताए । स्थानिय बिकास अधिकारी युबराज पौडेलले गाबिसहरुलाई आफुँले समन्वय गरेर अगाडी बढाउने जानकारी दिनुभयो ।