कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्न थारु सांसदको ‘गोप्य’ भेला

कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्न थारु सांसदको ‘गोप्य’ भेला

 

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगात पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन् । कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।

थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिन सहमति गरेका हुन् । उनीहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ।

ज्ञापनपत्रमा उनीहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्न माग गर्न अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने भएका छन् । उनीहरुले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना