भारतीय दब्दबा बढिरहेका बेला चिनियाँ उच्च नेता नेपाल आउँदै

काठमाडौ, २८ मंसिर । चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओको नेपाल भ्रमण हुन लागेको हो ।

एक उच्चस्तरीय चिनियाँ प्रतिनिधीमण्डलको नेतृत्व गरी उनी चार्टड प्लाइटबाट काठमाडौ उत्रिनेछन् । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ।

पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ नै उच्च अधिकारी हुन् । तिन दिन काठमाडौमा रहंदा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग भिन्दा–भिन्दै भेटवार्ता गर्नेछन् ।

उपप्रधानमन्त्री सरहको मर्यादामा रहेका उनलाई चीनमा ‘प्रोपागान्डा मिनिस्टर’ भनेर बढी चिनिन्छ । हाल चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य रहेका उनले सन् १९७४ मा राजनीतिक करियर शुरु गरेका हुन् ।

पार्टीका बिभिन्न तहमा काम गर्दै उनी सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तको सचिव नियुक्त भएका थिए ।

कुटनीतिक स्रोतका अनुशार चिनियाँ राष्ट्रपति सि जिनपिङ्को सम्भावित नेपाल भ्रमणको प्रारम्भिक तयारीका सिलसिलामा चिनियाँ उच्च नेता नेपाल आउन लागेका हुन् ।

दाहाल नेतृत्वको सरकारले पूववर्ति सरकारका पालामा भएका ऐतिहासिक पारवहन यातायात लगायत सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताका कारण चीनका तर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन ।

यद्यपी चिनियाँ पक्षले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे औपचारिक रुपमा केही नबताएको जानकार स्रोतले बतायो ।

‘यदी पर्याप्त तयारी हुनसक्यो भने चिनियाँ राष्ट्रपति आगामी मार्चको अन्तिम साता या अप्रिल महिनामा नेपाल आउने सम्भावना प्रवल छ’ स्रोतले भन्यो ।

चिनियाँ अधिकारीहरुले अनौपचारिक कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति नेपाल आउन अत्यन्त इच्छुक रहेको र आवश्यक तयारी अघि बढाउन गम्भीर गृहकार्य गर्न सुझाउन गरेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए ।

प्रधानमन्त्री दाहालले यही बर्षको अन्त्यसम्म चिनियाँ राष्ट्रपति नेपाल आउन सक्ने केही समय अघि पत्रकारसंगको कुराकानीमा बताएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास