लोकसेवाले यसबर्ष ३ सय १५ अधिकृतको आवेदन खोल्ने

लोकसेवा आयोगले चालू वर्षमा ३ सय १५ जना शाखा अधिकृतको लागि आवेदन खोल्ने तयारी गरेको छ । गतबर्षको तुलनामा यसबर्ष शाखा अधिकृतको कोटा घटन लागेको हो ।
सन्दर्भ स्केच
आयोगकी सूचना अधिकारी गीता हुमागाइँले यसबर्ष विभिन्न सेवा समूहमा ३ सय १५ आवेदन खोल्न लागिएको जानकारी दिइन । वार्षिक कार्यतालिका अनुसार आयोगले मंसिर महिनाको अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशित गर्छ ।

विभिन्न सेवा अन्तर्गत उक्त आवेदन माग गरिएको आयोगले बताएको छ । गत वर्ष ५ सय अधिकृतको आवेदन मागेको आयोगले यसपटक झण्डै आधा संख्या कटौती गरेको छ ।
‘गत वर्ष नगरपालिकाको संख्या बढाइएको लगायतका कारण ठूलो संख्यामा आवेदन माग गरिएको थियो,’ सूचना अधिकारी हुमागाइँले भनिन्, ‘यस वर्ष त्यति ठूलो संख्या आवश्यक नदेखिएकाले थोरै माग गरिएको हो ।’

लोकसेवाले ठूलो संख्यामा शाखा अधिकृत माग्ने भन्दै बेरोजगार युवाहरूले महिनौंदेखि तयारी गरिरहेका छन् । लोकसेवा तयारीका नाममा काठमाडौंमा विभिन्न संस्थाले तयारी कक्षा संचालन गरिरहेका छन् ।

आयोग स्रोतका अनुसार आयोगले यस वर्षदेखि शाखा अधिकृतको चौंथो पत्रको पूर्णाङ्क सय नम्बरबाट झारेर ५० कायम गर्ने तयारी गरेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’