मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डी’ओर

रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड जितेका छन् । रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै बालोना डी’ओर २०१६ अवार्ड जितेका हुन् । पोर्चुगलका रोनाल्डोले योसँगै चार पटक बालोन डी’ओर जितेका छन् । मेस्सीले गएको वर्ष पाँचौं पटक बालोन डी’ओर जितेका थिए । एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्सेली फुटबलले जुरी तथा विश्वका एक सय ७३ खेल पत्रकारको मतको आधारमा अवार्ड प्रदान गरेको हो । रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकप २०१६ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि अवार्ड प्रदान गर्दै आएको छ । तर गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा फिफा बालाने डी’ओर प्रदान गरिँदै आएको थियो । तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि म्यागजिन एक्लैले बालोन डी’ओर प्रदान गरेको हो । यस्तै फिफाले पनि आउँदो जनवरी ९ मा वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)