एलेप्पोमा नागरिक विरुद्ध बर्बरता, राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सिरियाको एलेप्पोका नागरिकमाथि बर्बरताको अवस्था रहेको भन्दै चिन्ता व्यक्ति गर्नुभएको छ । महासचिव वानले एलेप्पोका नागरिकको रक्षाका लागि सम्वद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । नागरिकको रक्षाका लागि विशेष गरी सिरिया सरकार जिम्मेवार बन्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । यसअघि संयुक्त राष्ट्रसंघका मानवीय सल्लाहकार ज्यान एगल्याण्डले सरकार समर्थित लडाकुले गरेका सबै बर्बरताका लागि सिरिया र रुस सरकार जिम्मेवार हुने बताउनुभएको थियो । एलेप्पोमा सिरियाली सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । एलेप्पोमा नागरिक विरुद्ध भएको बर्बरताको घटनाले महासचिव वान चिन्तित रहेको उहाँका प्रवक्ता स्टिफन डुजारिकले बताउनुभएको छ । विशेष गरी महिला तथा बालबालिकाको सुरक्षाको विषयलाई लिएर महासचिव बढी चिन्तित रहनु भएको डुजारिकको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी