पार्टी काममा युद्ध स्तरमा लाग्न एमाले पर्वतको निर्देशन
नेकपा एमाले पर्वतले संचालन गरेको चार महिने जनपरिचालन अभियानमा युद्ध स्तरमा लाग्न नेकपा एमाले पर्वतले जनबर्गिय संगठनका प्रमुखहरुलाई निर्देशन दिएको छ ।
मोर्चा संगठन विभागको पहिलो वैठकमा सहभागि संगठन विभाग प्रमुखहरुलाई पार्टीले कडा रुपमा निर्देशन दिएको हो । मुलुक संविधान कार्यान्वयनको चरणमा रहेको र नेकपा एमालेपनि सरकार भन्दा बाहिर रहेका बेला पार्टीलाई सवै हिसावले बलियो बनाउने उद्धेश्यले संचालन गर्न थालिएको जनपरिचालन अभियानमा सक्रिय भएर भूमिका निर्वाह गर्न निर्देशन दिएको हो ।
बैठकलाई सम्वोधन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले पार्टीले मंसिरदेखि फागुन मसान्तसम्म संचालन गरेको जनपरिचालन अभियानले पर्वतमा नेकपा एमालेलाई दिशानिर्देश गर्ने भएकाले कुनै बहानाबाजी बनाएर पछि हट्न नपाईने बताए । उनले नेता तथा कार्याकर्ता र जनसंगठनका प्रमुहरुको कार्यक्षमता र पार्टीमा गरेको योगदानको मुल्यांकन गर्ने बेला आएको बताउँदै पार्टीले तोकेको काम इमान्दारितापूर्वक गर्न आग्रह गरे । उनले तोकिएको काम नगर्नेहरुलाई पार्टीले कारवाहि गर्ने र राम्रो काम गर्नेहरुलाई पुरस्कृत गर्ने पनि बताए ।
त्यस्तै नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्माले कागजमा मात्र नभई रिजल्ट देखिनेगरी काम गर्न निर्देशन दिए । उनले विभिन्न जनसंगठनहरुलाई तोकिएको जिम्मेवारीका बारेमा पनि जानकारी दिएका थिए । स्थानिय निकायको चुनाव नजिकिदै गर्दा पर्वत जिल्लामा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा बिजयी गराउनका लागि मोर्चा संगठन र पेशागत महासंघहरुको भूमिका महत्वपुर्ण रहेको भन्दै आ–आफ्नो क्षेत्रबाट लाग्न शर्माले आग्रह गरेका छन् ।
अभियान अन्तर्गत सवै जनसंगठनहरुले आ–आफ्ना संगठनका बढिभन्दा बढि सदस्यता विस्तार गर्ने, तोकिएअनुसार वैठक, भेला गर्ने र फागुन मसान्त भित्र अवधि पुगेकाहरुले अधिवेशन पनि अनिवार्य गर्नुपर्ने तोकिएको छ । त्यस्तै पुस मसान्त भित्र सदस्यता नविकरण गर्नु पर्ने र चार महिने अभियानमा सवैभन्दा जोड पार्टी प्रवेशलाई दिईएको छ । अभियान अन्तर्गत चार हजार भन्दा बढि सदस्यहरुलाई पार्टी प्रवेश गराउने योजना रहेको एमालेले जनाएको छ ।
बैठकमा नेकपा एमाले संघिय मामिला विभागका सदस्य मेघनाथ सुवेदीले जनसंगठनहरु भनको पार्टीका आधार स्तरम्भ भएकोले उनिहरुको सक्रिय भूमिकाले मात्र एमाले बलियो हुने बताए । कार्यकर्तामाझ जानका लागि अहिले पार्टीसँग सवैभन्दा धेरै सम्पत्ती रहेको बताउँदै पार्टीले राष्ट्रियताको सवालमा लिएको अडान, संविधान निर्माणमा खेलेको भूमिका र आगामी निर्वाचनका बारेमा आआफ्नो क्षेत्रबाट तल्लो तहका कार्यकर्तासम्म पु¥याउन आग्रह गरिएको थियो ।
त्यस्तै नेकपा एमाले पर्वतका उपसचिब गोविन्द पहाडीले पार्टीलाई अबको नजिकिदै गरेको तीनै तहका निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि सक्रिय हुन आग्रह गरे । उनले एमाले अहिले मुलुकको भविष्य निर्माण गर्ने विशेष स्थानमा रहेका बेला केन्द्रदेखि गाउँ तहसम्मका नेता कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बेला आएको बताए ।
भेलामा युवा संघ, अनेरास्ववियू, किसान महासंघ, प्रेस चौतारी, जनजाती महासंघ, मुक्ति समाज, बुद्धिजिवि संगनठ, खेलकुद महासंघ, अखिल नेपाल महिला संघ, सैनिक प्रहरी संगठन, पेशागत महासंघ, एलायन्स, भूमिहिन किसान संघ, जिफन्ट लगायतका झण्डै २ दर्जन मोर्चा संगठनका प्रमुहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेकपा एमाले पर्वतका सचिबालय सदस्य तथा मोर्चा विभाग प्रमुख इश्वरी भुसालले सवै संगठनहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे ।