पर्वतको देउपुरमा भेटिएको पार्वती गुफालाई महत्वपुर्ण पर्यटकीय स्थलमा बिकास गर्न सकिने संभावना
पर्वत /पर्वत जिल्लाको देउपुर गाउँ बिकास समिति – ५ गौडामा पोखरा –बागलुङ्ग राजमार्ग नजिकै अनौठौ गुफा फेला परेको छ ।
दउपुर –५ टापु गाउँको घट्टेखोला किनारमा स्थानियले शनिबार गुफा फेला पारेका हुन।
सानो गुफा छ भन्ने थाहा भएपनि त्यसको भित्री तह सम्म नपुगेका स्थायिनबासीहरु शनिबार त्यहाँ भित्र सम्म पुगेर हेरका हुन। गुफा भित्र अनौठा र आकर्षक आकृतिहरु भेटिएको स्थानियबासी एबम शिक्षक भूमिराज शर्माले जानकारी दिए ।
‘ पहिलेपहिले गाउँमा गुफा भएको भनिएता पनि भित्रि भाग सम्म पुगेर त्यसको अबलोकन हुन सकेको थिएन’ उनले भने ‘ गुफाभित्र मनै लोभ्याउने आकर्षक आकृतिहरु देखिएका छन। भित्र चुन ढुंगाका आकर्षक आकृतिले आन्तरिक र बाह्यपर्यटकलाई नै लोभ्याउने शर्माको भनाई छ। बिभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका जननेत्र माबिका शिक्षक र बिद्यार्थीले आफ्नै गाउँको पर्यटकीय संभावनाको खोजी गर्ने क्रममा उक्त गुफा फेला पारेका थिए ।
स्थानियले दिएको जानकारी अनुसार पार्वती गुफामा दुइ वटा मुख रहेका छन । तल्लो भाग केही साँघुरो छ। त्यसलाई चौडा बनाउने हो भने भित्र पस्नका लागि सहज हुन्छ । बिचमा गुफा भित्र विभिन्न आकृतिका बुट्टेदार चट्टानहरु रहेका छन । स्थानियबासीहरु १५ मिटर भित्र सम्म पुगेको शिक्षक शर्माले जानकारी दिए । माथिल्लो भाग भने निकै फराकिलो र चारैतिर फैलिएको छ । उक्त स्थानमा सयौ मानिसहरु सजिलै अटाउन सक्ने क्षमता देखिएको छ।
पोखरा बागलुङ्ग राजमार्ग नजिकै भएकाले गुफाको प्रचारप्रसार गर्न सके महत्वपुर्ण पर्यटकीयस्थलको रुपमा बिकास गर्न सकिने अर्का शिक्षक सुर्यप्रसाद शर्माले जानकारी दिए । आफुले अन्य धेरै गुफाहरुको अबलोकन गरेता पनि उक्त गुफाको आकृति र प्रकृति अनौठा र मनमोहक रहेको उनले बताए ।
देउपुर ५ आदर्श प्राविका शिक्षक नारायणप्रसाद पौडेलले सात बर्ष पहिले आफुले विद्यार्थीहरु लिएर सो गुफामा पुगेको तर अध्यारो भएकोले १० मिटर भन्दा भित्र पस्न नसकेको जानकारी दिए ।