एमालेमा प्रवेश गर्नेहरुको लहर बढ्यो

एमालेमा प्रवेश गर्नेहरुको लहर बढ्यो

  पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । देशका विभिन्न जिल्लामा नेपाली कांग्रेस, माओवादी–केन्द्र, लोकतान्त्रिक फोरमलगायत दलबाट एमालेमा प्रवेश गर्नेहरु बढेका छन् ।

मंसिरको पहिलो हप्ता मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्यहरु वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर वली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाई, राजेन्द्र खनाललगायत ९६ जनाले एमाले प्रवेश गरेका थिए । अहिले एमाले प्रवेश गर्ने लहर जिल्ला–जिल्लासम्म फैलिएको छ ।

यसैबीच, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी किसान संघका सिन्धुली जिल्ला उपाध्यक्ष लीला पन्त पनि एमालेमा प्रवेश गरेका छन् । गत शनिबार एक कार्यक्रमबीच पन्तसँगै माओवादी केन्द्रका कमलामाई नगरपालिका वडा नं. १७ का इन्चार्ज गणेश महत, सोही वडाका सदस्य ज्ञानप्रसाद घिमिरे, नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता मकरबहादुर पाख्रिनलगायत १ सय १३ जना एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, माओवादी केन्द्रका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर मकवानपुरमा पनि चलेको छ । केही दिनअघि माओवादी केन्द्रको कुलेखानी गाउँ कमिटीका उपाध्यक्ष हरिकृष्ण पुडासैनीलगायतका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । प्रवेश गरेकाहरुले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडानप्रति चित्त बुझेर आफूहरु एमालेमा प्रवेश गरेको बताएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी