श्रीमतीलाई बिक्रीमा राखे श्रीमानले, किन्नेको मारामार

पुराना कारको बिक्रीका लागि गरिने विज्ञापनजस्तै श्रीमती बिक्रीको विज्ञापन हालेका साइमन ओ केनकी श्रीमतीले उनको ज्यान लिने बताइन् ।

यो विज्ञापन हेरेका मान्छेले श्रीमतीका लागि ९३ लाख रुपैयाँसम्मको बोली लगाए ।

अघिल्लो हप्ताको बुधवार बेलुका साइमन घर फर्किदाँ बिसञ्चो महसुस गरिरहेका थिए । उनकी श्रीमती लियान्द्राले उनलाई खासै मतलब गरिनन् । यस्तो व्यवहार देखेर रिसले चूर भएका साइमनले इबेमा श्रीमतीलाई बिक्रीमा राखेका थिए ।

टेलिकम इन्जिनियर साइमनले आफ्नी श्रीमतीको तस्वीर इबेमा राखी तलपट्टि ‘प्रयोग गरिसकिएकी श्रीमती’ भन्ने क्याप्सन राखेका थिए ।

त्यसपछि उनले श्रीमतीका गुणदोषको वर्णन गरेका थिए । ‘श्रीमती बिक्रीमा । नयाँ त होइन तर काम लाग्ने नै छ । मलाई वाक्क लागिसकेकाले बिक्रीमा राखेको हुँ । जिउडाल राम्रो छ अनि भान्साको काम गर्न सक्छे,’ उनले पोस्टमा लेखे ।

केही मान्छेले अश्लील सन्देश पठाएपनि धेरैजसोको प्रतिक्रिया रमाइलो रहेको साइमनले बताए ।

अहिले उनले उक्त पोस्ट हटाइसकेका छन् ।

पिटिआइ

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’