पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’

puspa-basnet-superheroलामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् । अमेरिकामा आइतबार साँझ आयोजित एक कार्यक्रमबीच ३३ वर्षिया बस्नेतलाई ‘सिएनएन सुपर हिरो २०१६’ को उपाधि प्रदान गरिएको हो । बस्नेतले सन् २०१२ को सिएनएन हिरोको उपाधिसमेत प्राप्त गरेकी थिइन् ।

बस्नेतलाई जिताउन मत अभियान चलाइरहेका युवा अभियानकर्मी गौरव कँडेलले सो कुराको जानकारी गराएका हुन् । काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै आइरहेकी छन् ।

उपाधि पाएपछि बस्नेत सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् भनेकी थिइन् । उनले अगाडि थपिन्, ‘मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’puspa

सिएनएन सुपर हिरोको उपाधिसँगै बस्नेतले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्ने जनाइएको छ । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’