सुरक्षा प्रमुख र अपराधी एउटै मञ्चमा , सुरक्षाकर्मीलाई छल्दै फेरि भाग्न सफल

हत्या डकैती र मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार भई प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कपिलवस्तु जिल्लाको पिपरा गाविसका नमिस खाँ सुरक्षा निकाय प्रमुखकै अगाडिबाट फरार हुन सफल भएका छन्।

आइतबार जिल्लाको पिपरा गाविसमा एक कार्यक्रम थियो। पिपराको बुलाहिडवामा राखेको खुला दिशामुक्त घोषणा कार्यक्रममा आयोजकले नसिम खाँलाई पनि बोलाएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ लगात जिल्लाका सांसदसँगै खाँलाई पनि आसन ग्रहण गराइएको थियो। यो समाचार आजको नागरिक दैनिकले छापेको छ।

एक घन्टाभन्दा बढी समय मञ्चमा बसेका खाँलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर, त्यसको सुइँको पाएपछि उनले कार्यक्रम सञ्चालकसँग माइक खोसेर आफूलाई बचाउन स्थानीयसँग आग्रह गरे ।

उनले माइकमा बोल्नेवित्तिकै कार्यक्रममा सहभागिमाझ खैलाबैला मच्चियो। त्यसको केहीबेरमै उनी गाडीबाट भारततिर भाग्न सफल भए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’