गतिरोध फुकाउन संवादमा शीर्ष नेताहरु

गतिरोध फुकाउन संवादमा शीर्ष नेताहरु

संविधान संशोधन विधेयक दर्तासँगै उत्पन्न राजनीतिक गतिरोध फुकाउन प्रमुख दलका शीर्ष नेताले संवाद सुरु गरेका छन् । संविधान संशोधन, अवरुद्ध संसद् र निर्वाचनका विषयमा प्याकेजमै सहमति खोज्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले औपचारिक छलफल सुरु गरेका हुन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार सवा घन्टा भएको छलफलमा दुई नेताबीच संविधान संशोधन विधेयक दर्तापछिको राजनीतिक गतिरोध फुकाउने गरी प्रमुख तीन दल छलफलमा बस्ने सहमति भएको हो ।

विश्वासको वातावरण तयार गर्न दुई नेताबीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । ‘विश्वासको वातावरण तयार गर्न दुई नेताबीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण रह्यो,’ भेटपछि नेम्वाङले भने, ‘छलफललाई निरन्तरता दिँदै जाने सहमति भएको छ ।’

तीन दल छलफलमा बस्ने

नेता नेम्वाङका अनुसार संवाद सकारात्मक रहेकाले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीचको द्विपक्षीय र त्रिपक्षीय वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।

‘तीन दलको बैठकका विषयमा देउवाजीले प्रधानमन्त्रीसँग कुराकानीका आधारमा समय तय गरेर छलफल गर्ने कुरा भएको छ,’ उनले भने, ‘मंगलबार त्रिपक्षीय छलफलका लागि शीर्ष बैठक बस्न सक्ने सम्भावना छ ।’यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ