मैले एक इन्च पनि गल्ती गरेकी छैन –चापागाई
पर्वतबाट मुलुकको निति निर्माण गर्ने तहमा पुग्ने महिला र सञ्चार माध्यम सञ्चालनको अगुवाई गर्ने महिला नेतृको रुपमा आफुँलाई स्थापित गर्न सफल भएको एउटा नाम हो कल्पना चापागाई । रेडियो सञ्चालनका लागि होस वा बिकास निर्माणका लागि होस उनको निरन्तर खटाई पाठशाला नै हो भन्दा फरक पर्दैन । उनी तीन बर्ष देखि जनप्रतिनिधीको रुपमा कार्यरत रहँदा आफुले सञ्चालन गरेको सञ्चार माध्यमलाई मात्रै प्रर्बद्धन गरेको तथा पार्टी संग समन्वय नगरी बजेट बाँडेको भनेर आलोचना पनि भैरहेको छ। साँसदहरुले बिकास बजेट बिनियोजन गर्ने समय भएकाले बिकास बजेटको बिनियोजन, साँसद कल्पना चापागाईले गरेका काम तथा उनी माथि लागेका आरोपहरुको सेरोफेरोमा रहेर खबरडबली साप्ताहिकका लागि दुर्गाप्रसाद शर्माले गरेको कुराकानीको सम्पादित अंश
तपाई जनप्रतिनिधी भै सकेपछिको यो अवधीलाई आफुँले कसरी मुल्याँकन गर्नुहुन्छ ?
म पहिले पनि सामाजिक काम र आन्दोलनमा नै भएको मान्छे हो , मैले जनप्र बितनिधी भैसकेपछि पहिलो काम संबिधान निर्माणा लाग्ने काम भयो । दोास्रो संबिधानसभाबाट निर्वाचित भएका हामी सदस्यहरुको सबैभन्दा ठुलो र महत्वपुर्ण काम यही नै हो । संबिधान बनिसकेपछि ब्यबस्थापिका संसद सदस्यमा रुपमान्तरित भयो, हामीले सिमिति मात्रै काम गरे पनि पुग्ने हो तर जनताको यति धेरै अपेक्षा भएकी सबै काम साँसदले नै गर्दिए हुन्थ्यो भन्ने छ । म जनप्रतिनिधी भैसकेपछि बिकास निर्माणका काममा यति धेरै प्रेसर भयो । बिकास निर्माणकै काममा सबैभन्दा धेरै धेरै अपेक्षा छन र यसलाई पुरा गर्नका लागि नै खटनुपर्ने अवस्था आयो ।
तपाईसंग त निर्बाचन क्षेत्र बिकास कार्यक्रम जस्तो धेरै बजेट आउँदैन , कति काम गर्नुभयो ?
हैन मैले चाहि धेरै काम गरेको छु। मैले पर्सनल्ली धेरै काम गरेको छु । अरु साथीहरुको बजेट फ्रिज भएर जान्छ तर मेरो बजेट सबै कार्यान्वयन भएको छ। अहिले पनि योजनाहरुको यति धेरै चाङ छ की ब्यबस्थापन गर्न कठिन छ । मैले धेरै साझेदारी मार्फत पनि गरिरहेकी छु कि कति योजनाहरु मन्त्रालय बिभाग तिर लबिङ्ग गरेर त केही जिल्लाका बिकास निर्माण संग सम्बन्धित कार्यालयहरुमा पनि लबिङ्ग गरेर धेरै काम भएका छन तर अब बाँड्ने कुरा त कति बाड्न सक्छु तपाईहरुलाई नै थाहा छ ।
तपाईले आफ्नो पहलमा गरेका महत्वपुर्ण र नमुनाका योजनाहरु १, २, ३, ४ भनेर कुनकुनलाई भन्न सक्नु हुन्छ? त्यसको प्रभाब के छ भन्दिनुस ?
अब मैले धेरै कामहरु र योजनाहरुमा पहल गरेको छु । जस्तै देउपुर खानेपानी योजना करोडौको योजना हो, यो दुई तीन बर्षमा सकिने अवस्थामा छ, अर्को थापाठानाको भेँडाबारी खानेपानी योजना छ, भन्न त अरु साँसदहरुले मैले गरे भन्न हुन्छ रे, तर त्यो स्पेसल्ली मेरो पहलमा आएको हो । अर्को कुरा भनेको देउपुर, बाजुङ्गमा मन्दिरहरुका लागि धेरै पैसा आएको छ। बिद्युतका पोल फेर्ने र बिद्युतीकरणमा टेवा पु¥याउने काम भएका छन । जलउत्पन्न प्रकोप नियन्त्रणका लागि वारीबेनी संरक्षण योजनामा ५० लाख रुपैँया पनि मेरो निवेदन र पहलमा छुट्एिको हो । तपाईहरुले जलउत्पन्नको डिजी साहेबलाई पनि तपाईहरुले पनि बुझ्न सक्नुहुन्छ । म्याग्दीका माननीय साथीहरु पनि झुक्किएर जानुभएछ कतै योजना म्याग्दीको हो कि भनेर तर डिजी साहेबले यो कल्पना माननीयको निबेदनमा छुटिएको हो र पर्वतमा नै हो भनेर पठाउनुभयो । समग्रमा मेरो पहलमा प्रचारमुखी योजना अलि कम भएका होलान तर काम चै धेरै नै भएका छन ।
तपाई महिला पनि हो, भौतिक पुर्बाधारका योजनाहरु धेरै काम गरे भन्नुभयो , महिला र बालबालिकाको क्षेत्रमा के के काम गर्नुभयो त ?
अब महिला बालबालिकाहरुका लागि चाहि पनि काम भएका छन । हामी महिलाका लागि मात्रै नभई भएका कामले महिलाहरुलाई सबैभन्दा बढी फाइदा पुगेको छ। खानेपानी सबैभन्दा बढी महिलालाई चाहिने र महिलालाई सुबिधा पुग्ने काम हो । महिला संग जाँदा महिलाहरु पनि उहाँहरुले क्षमता बिकासका काम गर्नुभन्दा भौतिक बिकासकै काम बढी माग गर्नुहुन्छ । यसपालि मैले हिंसा पिडीत महिला तथा बालबालिकाका लागि बनेको आश्रयस्थलका लागि बजेट खर्च गरे । यसपटक महिला र बालबालिकाको क्षमता बिकासका योजनामा बजेट बिनियोजन गर्ने योजना बनाएकी छु ।
अब साँसद बिकास कोषको रकम बिनियोजन गर्ने समय आयो , यस बर्ष तपाईका प्राथमिकताका योजनाहरु केके हुन ?
अब अहिले मेरो प्राथमिकताका योजनाहरु त धेरै नै छन । पर्वत अस्पतालमा एम्बुलेन्सको आवश्यकता भयो, अस्पतालको प्रमुखले पनि धेरै पटक यसका लागि पहल गर्नुप¥यो भनेर भन्नुभयो, त्यसैले एम्बुलेन्स खरिदमा पहिलो प्राथमिकतामा राखेको छु । म दलित बस्तीमा पुग्दा धेरै साथीहरुले पञ्चेबाजा लोप हुन लागि सक्यो , हाम्रो कमाई खाने भाँडो नै हरायो, हामीलाइं पैसा होइन आधुनिक बाजा किनिदिए हुन्थ्यो भन्नुभएको छ । म सञ्चार उद्यमी भएकाले सञ्चार क्षेत्रलाई पनि कति सकिन्छ सहयोग गर्ने पक्षमा छु । आमा समुहले तालिम भन्दा पनि भवनकै कुरा गर्नुहुन्छ, मैले आमा समुहरुको भवन निर्माणका लागि पनि बजेट बिनियोजन गर्ने योजना बनाएको छु । योजनाहरु यति छन कसरी बिनियोजन गर्ने भन्ने दुबिधामा छु ।
अघिल्ला बर्षहरुमा आफ्नै रेडियोलाई मात्रै रकम छुट्टाउनुभयो भनेर आलोचना भयो । अब कसरी ब्यबस्थापन गर्नुहुन्छ ?
पहिले पनि मैले मेरो रेडियोलाई मात्रै बजेट बिनियोजन गरेको होइन । पत्रकार साथीहरु संग त्यो खालको अन्तरक्रिया गरेर सुझाब लिएर बाँड्ने कुरामा मेरो पनि कम्जोरी रहयो । मैले सबैसंग सल्लाह गरेर बजेट बिनियोजन गरेको भए गुनासो आउने ठाउँ हुने थिएन भन्ने लाग्छ । तर उहाँहरुले म साँसद मात्रै नभई सञ्चार क्षेत्रको पनि मान्छे भएकाले के हो दिदी भनेर भन्नुभन्दा पनि कलम चलाउने कुरामा ध्यान दिनुभयो । मैले चाँहि पोहोर दुई वटा रेडियोलाई दिने र क्रमशः अरु पत्रपत्रिका र रेडियोहरुलाई सहयोग गरेर जाने योजना थियो । मेरो सोचाई एकातिर र पत्रकार साथीहरुको बुझाई अर्को तिर हुनाले समस्या भयो । अरु साथीहरुलाई मैले कन्भिस गर्न सकिन कि उहाँहरुले बुझनु भएन, गत बर्ष बिति सक्यो । यस बर्ष समन्वयमा नै काम हुन्छ । यो रेडियो दिदीबहिनी मैले मात्रै चलाइएको भन्दा पनि सबैको सम्पति हो , म त एक जना अभियान्ता मात्रै त हो नी । महिलाहरुले चलाएको रेडियो यसका आफ्नै समस्या छन , त्यो पनि बुझिदिनुपर्छ । यस पटक मेरो अभियान र लक्ष्य हो त्यसमा तलमाथि हुँदैन, गुनासो गर्ने ठाउँ हुँदैन ।
तपाई नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणलीबाट निर्वाचित साँसद हो, योजनाहरु बिनियोजन गर्दा पार्टी संग कुनै समन्वय गर्नुभएन भनेर पार्टी नेताहरुले नै गुनासो गरे । तपाईले समन्वय नगरेको की नेताहरुले आरोप मात्रै लगाएका हुन ?
एउटा कुरा के भएको छ भने हामी सपथ खाएको तीन बर्ष हुन लाग्यो, पार्टीले तपाईले यो गर्नुस है भनेर निर्देशन दिएको एउटा पनि भेटेको छैन । अस्ती मंसिरको ७ गते पार्टीको निर्देशन प्राप्त भएको थियो, तपाईले यी यी योजनामा बजेट बिनियोजन गर्नुपर्छ भनेर तर मैले गर्न सक्दिन भने । मलाई साँसद बनाएको एमाले पार्टीले नै हो, साँसद बन्ने योग्यता क्षमताको बिकास गराएको पनि एमालेले नै हो । अर्को कुरा के हो भने म चाहिँ साँसद भैसकेपछि एमालेले जे जे गर भन्छ , हुबहु त्यही गर्न गाह्रो छ । म चाहिँ सञ्चार उद्यमी पनि हो , सामाजिक रुपमा पनि धेरै संलग्न छु । त्यसैले मैले एमालेका कार्यकर्ता बाहेक उठबस गर्न सक्दिन भनेर भन्न सक्ने अवस्थामा पनि छैन । मैले उहाँहरुको कुरालाई पनि मान्नुपर्छ, गाउँगाउँमा पार्टी कमिटीले भनेकै आधारमा काम गरेकी छु । यसैले उहाँहरुले भने जस्तै हुबहु गर्ने अवस्था पनि छैन । तीन बर्षमा एक पटक मात्रै निर्देशन प्राप्त भएको छ त्यो पनि समय सकिएपछि । त्यसैले उहाँहरुले समन्वयमा काम गरिन भन्नु आरोपका लागि आरोप मात्रै हो । उहाँहरुले यो हामी भन्दा स्थापित हुन्छ कि भन्ने परेछ । त्यसो भन्नु जरुरी छैन । म स्थापित हुनु भनेको पनि एमालेको एउटा कार्यकर्ता स्थापित हुने कुरा हो । त्यसमा उहाँहरुले तनाब लिन जरुरी छैन ।
तपाई अहिले समानुपातिकबाट साँसद हुनुभयो, भोली प्रत्यक्ष निर्वाचन लड्ने अवस्था आउन पनि सक्छ, त्यस्तो अवस्थामा पार्टी संग अन्तरबिरोध बढाउँदा समस्या पर्दैन ?
म माक्सबादका ठेली पल्टाएर, अध्ययन गरेर साँसद सम्म बन्ने अवस्थामा आएको होइन । म अन्याय र अत्यचारको बिरोध गर्दै उठेको मान्छे हो । २०४३ सालमा अखिल नेपाल महिला संघमा गोमा देबकोटाले संगठित गरेको कार्यकर्ता हो । त्यसबेला पनि अन्याय र अत्यचारको बिरोध गर्नुपर्छ भनेर सिकाइएको थियो । म गल्ती गर्नुहुँदैन भन्ने कुरामा हेक्का राख्छु । अरुले के भन्छन भनेर पछि लाग्दिन, मैले आफ्नो काम गर्दै जाने हो । मैले एक इन्च पनि कहि गल्ती गरेको छैन, उहाँहरुले रियलाईज गर्ने दिन पक्कै आउँछ । यसलाई नै कमजोर बनाएर आफुँ अगाडी बढ्ने सोच्नु भएको हो भने पनि केही छैन । म जत्तिको मान्छे साँसद नै बनिन्छ, पार्टीको केन्द्रिय सदस्य बनिन्छ भनेर लागेको होइन , जुन खालको जिम्मेवारी पाइन्छ त्यसमा काम गर्न तयार छु ।
तपाई सामाजिक अभियानमा पनि हुनुहुन्छ, पर्वतलाई सम्बृद्ध बनाउन के के गर्नुपर्छ भन्ने लाग्छ ?
पर्वतमा हामीले जिल्लालाई केही गर्नुपर्छ भन्ने सकारात्मक सोच राख्नु पहिलो आवश्यकता हो । हामी शिक्षीत छौ तर सचेत छैनौ । अहिले पनि ५० लाख पैसा भयो भने पोखरा पुगेर , कुस्मामा नै घर घडेरी जोड्न तयार हुन्छ । एउटा उद्योगमा लगानी गरौ भन्ने सोँच उसमा आउँदैन । हामीले अरु भन्दा पनि सामाजिक रुपमा इच्छाशक्ति जनाउन जरुरी देख्छु । मान्छेलाई माछा दिनुभन्दा पनि माछा मार्ने सिप दिन जरुरी छ । हाम्रो सोचमा परिर्वतन आयो भने पर्वतलाइ सम्बृद्ध बनाउन कुनै समस्या नै छैन ।
जनप्रतिनिधीको रुपमा चार बर्ष बिताउनुभयो । आफुँलाई कति सफल भए जस्तो लाग्छ ?
अब एउटा कुरा त हाम्रो पृतिसतात्मक समाज, महिला दिदीबहिनीहरुलाई भन्न पनि सजिलो हुने गर्छ । मैले धेरै काम गरे तर प्रचार प्रसारमा कमि रहेको छ । जति काम भएका छन सबै सञ्चार माध्यममा आएको भए धेरै भएको देखिन्थ्यो, त्यसमा कमजोरी भएको छ। अर्को कुरा मलाई के कुरामा चित्त दुख्छ भने महिलाको नेतृत्व स्विकार गर्न नसकेको हो की भन्ने लाग्छ अझै पनि यो समाजले । मेरो काम गराई र खट्ने कुरामा कुनै कमि छैन । मैले यो गर्न सकेको भए भनेर धेरै कामको लिष्ट पनि छन, सम्पादन पनि भएका छन । गर्न सकिन भनेर पछुतो मान्ने अवस्था छैन, म आफुले गर्नुपर्ने काममा सफल भएकी छु जस्तो लाग्छ ।
तपाईले यो अबधीमा गर्न बाँकी यस्ता काम छन भनेर सम्झदा के के होलान ?
अब हामीले कृषि पशुपालन हाम्रा आधार हुन , यहाँका जनप्रतिनिधीको जनताको, अभियान्ताहरुको र सरकारी कर्मचारी र मन्त्रालय सम्मको पनि ध्यान त्यसमा जानुपर्छ । र हामीले पनि उहाँहरुको योजनाहरुमा सहयोग गर्न जरुरी छ । यो जिल्लामा महिलाहरुको निति निर्माण गर्ने तहमा निर्णायक भूमिका नै छ । हुन त म साँसद हुँ कसलाई गुनासो गर्नु र ? तर महिलाहरुलाई काम गर्ने अवसर दिनुपर्ने हो ।
तपाईलाई भविश्यमा पर्वतका जनताले के भनेर सम्झिदिउन भन्ने लाग्छ ?
भोली सम्म सम्झने आधार भनेको यो बिशुद्ध कोरा राजनैतिक कार्यकर्ता हो भन्दा पनि यो सामाजिक अभियान्ता हो भनेर सम्झिदिए पुग्छ । म सञ्चार उद्यमी हुँ र त्यसलाई नै बढी सम्झनुपर्छ । म एमालेको एउटा इमान्दार सिपाही हुँ तर पनि मलाई राजनैतिक संगै सामाजिक अभियान्ता र सञ्चार उद्यमीको रुपमा पर्वतको कुना काप्चामा राम्रो संग चिन्नु भएको छ। यो जस्तो सुकै अप्ठेरो परिस्थतिमा पनि जुधेर अगाडी बढ्न सक्छ भन्नेर सम्झनुहुन्छ ।