तीन करोड लगानीमा गाउँमै बाख्रापालन फारम

bakhra-form-2पर्वत/युवाहरु रोजगारका लागि बिदेश पलायन हुने क्रम बढ्दो छ । अहिले पनि दैनिक युवाहरु गाउँ छाड्दै रोजगारीको नाममा बिदेशिएका छन् । युवाहरुको पलायनले पर्वतका कतिपय गाउँ रित्तिने अवस्थामा पुगेका छन् ।
गाउँमै पनि स्वरोजगार मुलक उद्योग, कृषि, पशुपालनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचाई युवामा पटक्कै पाइँदैन । यसले गर्दा विगतमा राम्रो कृषिजन्य बस्तु उत्पादन हुने खेतीयोग्य जमिनहरु धमाधम बाँझिन थालेका छन् । यसको प्रत्यक्ष प्रभाव स्वरुप गाउँगाउँसम्म अन्नबाली आयात हुने क्रम बढेको छ ।
विगतमा कोदो, मकै उत्पादन भइ ढिँडो, रोटी खाने गरिएपनि अहिले त्यो छाडेर चामलको प्रयोग ब्यापक छ । शहरदेखि गाउँसम्म युवाहरु रोजगारीको नाममा पलायत हुँदा नकारात्मक प्रभावहरु देखिन थालेका छन् । bakhra-form-1
यो समयमा होश्राङ्दीको पैञ्यु गोल्र्याङ वहुउद्देश्यीय कृषि फर्म प्राली सबैको सिकाईको पाठशाला बन्ने दिशामा अग्रसर भएको छ । कृषि र पशुपालनमा ध्यान नदिँदा त्यसमा अहिलेसम्म ठुलो लगानी हुन नसकिरहेको अवस्थामा उक्त बहुउदेश्यीय फर्मले तीन करोड ३१ लाख रुपैयाँको लागतमा नमुना कृषि फर्म सञ्चालनमा ल्याएको छ ।
फर्मले पशुपन्क्षी मन्त्रालय अन्र्तगत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनासंग फर्ममा आधारीत बाख्रा पालन सम्झौता गरी अहिले एक सय पाँच वटा माउँबाख्रा पाल्न सुरु गरेको छ । यो आयोजनामा कुल तीन करोड ३० लाख ९७ हजार पाँच सय १७ रुपैयाँ खर्च हुने फर्मका अध्यक्ष रुद्रबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार उक्त रकम मध्ये व्यावसायिक कृषि तथा व्यापार आयोजनाले ९९ लाख २९ हजार छ सय आठ रुपैयाँ व्यहोर्ने भएको हो । वाँकी रकम दुई करोड ३१ लाख ६७ हजार नौ सय नौ रुपैयाँ शेयर सदस्यहरुले लगानी गर्ने भएको उनले बताए ।
२०१७ को डिसेम्वर ३१ भित्र सवै काम सम्पन्न गरी सक्नुपर्ने उक्त आयोजनामा २५ मिटर लम्वाइ र पाँच मिटर चौडाईका तीन वटा गोठ त्यही आकारका गोदाम सहितका घाँस खाने ठाउँ निर्माण हुने छन् । फर्मको पहिलो पटक ब्यावसायिक कृषि तथा ब्यापार आयोजनाले अनुगमन गरी फर्केको फर्मका उत्प्रेरक एवम् शेयर सदस्य टिकाराम भुसालले जानकारी दिए । उनका अनुसार एकबर्षभित्र दुई सय र तीन बर्षभित्रमा पाँच सय माउँबाख्रा पालन गरी बाख्राको स्रोत केन्द्रको रुपमा पहिचान बनाउने योजना रहेको छ ।
‘पाँच सय माउ बाख्रा बनाएर यसक्षेत्रमै बाख्राको स्रोत केन्द्रका रुपमा पहिचान बनाउने हाम्रो योजना रहेको छ’ भुसालले भने । bakhra-form-3बाख्रापालनका लागि होश्राङ्दीमा तीन बर्षअघि नै चार सय रोपनी क्षेत्रफलमा घाँस रोपिएको थियो । ‘चार सय रोपनी क्षेत्रफलमा घाँस तीन बर्षअघि नै रोपिएको थियो, अब एक सय रोपनी थप गर्ने तयारीमा छौ उत्प्रेरक भुसालले भने ।
उक्त फर्ममा अहिले छ जनाले रोजगारी पाइसकेका छन् । फर्ममा बाख्रा थप गर्दै जाँदा थप युवाले रोजगारी पाउनेछन् । फर्ममा अहिले १५ वटा बकेर्ना पाडापाडी समेत रहेका छन् । बाख्रासँगै पाडापाडी समेत पाल्ने फर्मले जनाएको छ ।
पशुपन्क्षी मन्त्रालय अन्र्तगतको ब्यावसायिक कृषि तथा ब्यापार आयोजनामा पर्वतका तीन वटा फर्म मिलेर प्रस्ताव गरेका थिए । त्यसअन्र्तगत होश्राङ्दीमा एक करोड, त्रवेणीमा एक सय वटा बाख्रापालन गर्न ३५ लाख र कुश्मा नगरपालिकास्थित सिल्मीमा मोदीकाली फर्मलाई ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा