यौनहिंसा पीडितलाई समाजमा फर्कनै मुस्किल

काठमाडौँ – नुवाकोटकी सविता श्रेष्ठ (नाम परिवर्तन) २०७० सालमा आफ्नै दिदीका ससुराबाट बलात्कृत भइन् । त्यतिखेर उनी १७ वर्षकी थिइन् । गाउँका सम्भ्रान्त र राजनीतिक पहुँच भएका ती व्यक्तिविरुद्ध प्रहरीमा पुग्दासमेत उनले उल्टै धम्कीको सामना गर्नुपर्‍यो । ‘बाहिरै किन मिलापत्र गरिनौं भनेर हकारे । एक सातापछि उजुरी दर्ता गरियो, कानुनी कारबाही गरेको नाटक गरियो,’ श्रेष्ठले भनिन्, ‘अदालतबाट पनि मैले न्याय पाइनँ ।’ खेतीकिसानी गर्ने उनका एक दाइ र दिदी छन् भने दुई भाइ र एक बहिनी छन् ।

सशस्त्र द्वन्द्वका बेला सप्तरीकी गौरी चौधरी (नाम परिवर्तन) लाई तत्कालीन शाही सेनाले माओवादीमा लागेको भनेर हिरासतमा लियो । ‘आँखामा पट्टी बाँधेर बुटले हिर्काउनेदेखि हातखुट्टाका नङहरू कुच्याउनेसम्म गर्थे,’ उनले सुनाइन्, ‘त्यो ३ महिनामा कतिपल्ट बलात्कृत भएँ हिसाबकिताबै छैन ।’ २०६१ सालमा उक्त घटना हुँदा उनकी छोरीले एसएलसी दिएकी थिइन् । उनले ८ वर्षपछि त्यस घटनाबारे छोरीलाई बताइन् । त्यहींबाट सुरु भयो अवहेलनाको शृंखला । छोरीका अगाडि ज्वाइँले उनलाई फोहोर शब्द प्रयोग गर्ने र हेप्ने गर्थे । आमालाई हरेक कुरामा छेड हान्न थालेपछि छोरीलाई असह्य भयो । हरेक कुरा आमासँग जोड्ने, गाली गरिरहने, बलात्कृतकी छोरी भनेर हेपिरहने भएकाले उनी आत्महत्या गर्न विवश भइन् ।

श्रेष्ठ र चौधरी जस्तै यौनहिंसामा परेका अधिकांश महिला समाजमा खुलेर बाँच्न सकेका छैनन् । समाजले यौनहिंसामा परेकालाई अपनाउन नसक्नुले पीडितलाई थप मानसिक पीडा दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’