रामदेबले घोषणा गरे पतञ्जलीको उत्तराधिकारी

नयाँ दिल्ली , २४ मंसिर– पतञ्जली आयुर्वेदका प्रमुख बाबा रामदेवले आफ्नो सबै कारोबारको विरासतका उत्तराधिकारी को हुने भन्ने बारेमा प्रष्ट गरेका छन् ।

शुक्रवार ट्वीट गर्दै बाबा रामदेवले पतञ्जलीका उत्तराधिकारी कुनै व्यापारी नभइकन एक सन्यासी पुरुष वा महिलाले मात्रै रामदेव र आचार्य बालकृष्णको विरासत हस्तान्तरण हुने बताएका हुन् ।

पतञ्जलीको पूरै जिम्मेवारी लिएर बसिरहेका आचार्य बालकृष्णलाई सहयोगीका रुपमा बाबा रामदेवका कान्छा भाई भरत यादव पनि छन् ।

बाबा रामदेवले पतञ्जलीको उत्पादन बढाएर सन २०२० सम्ममा करिब डेढलाख करोड पु–याउने मंगलवार बताएका थिए । मिडियासँगको अन्तर्वार्ताका क्रममा पतञ्जलीको पछिल्लो चारबर्षभित्रमा सयप्रतिशतको बृद्धि भएको बताएका छन् ।

आगामी तीन बर्ष भित्रमा इन हाउस प्रोडक्सनलाई ८० करोडसम्म पु–याउने लक्ष्य राखिएको बताएका छन् । एजेन्सी

– See more at: http://lokaantar.com/samasamayik/227#sthash.4DEORAxW.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’