‘लादालाम’को सम्झनामा धुर्मुस, दिपकराज र मनोज : कलाकारले स्वास्थ्यको ख्याल गरौं

काठमाडौं, २५ मंसिर– नेपाल टेलिभिजनबाट केही समयअघिसम्म प्रसारण हुने टेलिचलचित्र तितो सत्यका कलाकार आरपी (रुद्रप्रसाद) भट्टराई शुक्रवार बिहान मृत भेटिए । डाक्टरहरूले उनको मृत्यु हृदयघातबाट भएको पुष्टि गरे । ठुलो शरीर भएकै कारण पनि उनलाई हृदयघात भएको डाक्टरहरूको भनाई रह्यो । उसो त आरपी भटराईले आफन्तजन र साथीहरूलाई समेत बेलाबेला ‘म मेरो शरीरकै कारण जान्छु होला’ भन्ने गरेको उनका समकक्षी कलाकारहरू बताउँछन् ।

आरपी राजधानीमा हुने गाईजात्रा महोत्सव तथा राजधानीबाहिर हुने विभिन्न महोत्सवहरूको व्यवस्थापकका रूपमा समेत काम गर्ने गर्थे । उनले चर्चिच हाँस्य चलचित्र ६ एकाने ६ र वडा नंम्बर ६ मा प्रोडक्सन म्यानेजरका रूपमा समेत काम गरेका थिए । आरपीले ५२ घुस्सा ५३ ठक्कर नामको टेलिफिल्ममा समेत अभिनय गरेका थिए । यसका अलावा उनले दर्जनौं चलचित्रमा काम गरेका थिए । उनी दुई सन्तानका पिता थिए ।

नेपाली हाँस्यक्षेत्रका सक्रिय कलाकार आरपी शुक्रवार बितेपछि उनका बारेमा सामाजिक सञ्जालमा समेत समवेदना र श्रद्धाञ्जली प्रकट भएका छन् । यसै मेसोमा लोकान्तरका प्रकाश आस्थाले नेपाली हाँस्यकलाकारिता क्षेत्रका तीन चर्चित अनुहार दिपकराज गिरी, मनोज गजुरेल र सिताराम कट्टेल धुर्मसलाई आरपीसँगका सम्झना साट्न आग्रह गरेका थिए :

खानपिनमा खुब शौखिन थियो : दिपकराज गिरी

मैले उसँग करिब दशवर्षजति काम गर्न पाएँ । अब त उ गइगयो । ६२ सालबाट उ हाम्रो तितोसत्यमा टिममा आएको हो । उसो त उसले थुप्रै हाँस्यगीतहरू समेत गाएको छ । उसँगका सम्झना धेरै छन् । उ मेरो प्यारो भाइ थियो । फिल्म तथा टेलिफिल्मको सुटिङमा कुनै गडबड हुनेवित्तिकै उसले नै मलाई जानकारी दिन्थ्यो । रातको १२ बजे कुनै काम पर्‍यो, आउनुपर्यो भने पनि उ आइपुगिहाल्थ्यो । कहिल्यै उसले मेरो कुनै आग्रहलाई नाइँ भनेन ।

तर उसको एउटा नराम्रो बानी थियो । उ सुखका कुरामात्र भन्थ्यो । दुःखका कुरा साटासाट नगर्ने । आपत् परेमा मात्रै आफ्ना दुःख र कष्टका कुरा साट्
थ्यो । उसलाई खानपानमा विशेष रुचि थियो जबकि त्यति ठूलो शरीर भएको मान्छेले थोरै खानु उचित हुन्थ्यो । उसले आफूलाई पथपरहेजमा राख्नुपथ्र्यो । शरीरलाई उसले नियन्त्रण गर्न सकेन ।

धर्तीमा सबैको आ–आफ्नो उद्देश्य हुन्छ । उ पनि यहाँ एउटा उदेश्यका लागि आएको थियो गयो । अब हामीले पनि उसबाट केही सिक्नुपर्छ । धेरै कलाकारहरूको बेलुकाको खाना नै ठिक छैन । कलाकारहरूले आफ्नो शरीरको ख्याल नै गरेका छैनन् । शारीरिक अभ्यास कम गरेका छन् । स्वस्थ्य शरीरबिना कसरी स्वास्थ्य मनोरञ्जन प्रदान गर्न सकिन्छ भन्ने कुरा ख्याल गर्नुपर्यो ।

हाँस्य कलाकारमात्र होइन, राजनीतिक प्राणी पनि : मनोज गजुरेल

म उनलाई भान्जाका नामले सम्बोधन गर्थे किनकि कलाकारिता क्षेत्रमा मेरो कोही पनि साथी छैनन् । सबै सम्बन्धी छन् । जस्तो कि ः दिपकराज गिरी ज्वाइँ, बद्री पंगेनी ज्वाइँ, जितु नेपाल र सिताराम कट्टेल भान्जा । मेरो र उनको भेट प्राय गाईजात्रा महोत्सवमा हुन्थ्यो । राजधानीबाहिर हुने धेरै महोत्सवहरूमा उनले व्यवस्थापनको जिम्मा लिने भएकाले पनि आरपीजीलाई म भेटिरहन्थें ।

उनी मिलनसार थिए । उनको चिन्ता प्राय हाँस्यव्यंग्य क्षेत्रलाई जिम्मेवार बनाउनुपर्छ भन्ने थियो । केवल हँसाउनुमात्र भन्दा त्यसमा केही सन्देश समेटियोस् भन्ने उनको चिन्ता थियो । उनी राजनीतिक रूपमा समेत सचेत थिए । उनलाई गुमायौं हामीले तर उनको मृत्युबाट अरू कलाकारहरूले समेत सोच्नुपर्छ ।

कलाकारहरूले पनि आफ्नो जीवनको व्यवस्थापन गर्नुप-यो । योग, अध्यात्म, खानपान, शारीरिक स्वास्थ्य र सम्बन्धको स्वास्थ्यलाई समेत कलाकारले ध्यान दिनु आवश्यक छ । अरूलाई हँसाउने हामी कलाकारहरूले आफूलाई पनि भित्रैदेखि हँसाउने बनाउनु प¥यो ।

मिलनसार मान्छे हुनुहुन्थ्यो : सिताराम कट्टेल धुर्मस

आरपी दाइसँग मेरो सम्बन्ध घनिष्ट थियो । उनलाई सबैभन्दा पहिले मैले काठमाडौंको थापागाउँमा भेटेको हुँ । भाइ कुमार कट्टेल (जिग्री)ले उनलाई कोठमा बोलाएका थिए । तितोसत्यमा गेष्ट रोलमा मैले खेल्दाखेरी उहाँलाई भेटिरहेको हुन्थें । ६ एकाने ६ र वडा नम्बर ६को चलचित्रमा काम गर्दा हामी महिनौं सँगै हुने गथ्र्यौं । उहाँलाई खानामा अलि बेसी रुचि थियो ।

उहाँ मसँग ‘तपाईँसँग एकदमै धेरै प्रतिभासाली हुनुहुन्छ , मपनि तपाईँजस्तै हुन पाए ’ भन्नुहुन्थ्यो तर मैले उहाँलाई संसारमा सबैको आआफ्नो भूमिका हुने र नेपालको कलाकारितामा तपाईँको बेग्लै भूमिका छ भनेर भन्ने गर्थें । शुक्रवार एक मित्रले बिराटनगरबाट फोन गरेर आरपी दाइ बितेको बताएपछि म छहराबाट खसेझैं भएँ । उहाँको आत्माले शान्ति पाओस् । – See more at: http://lokaantar.com/samasamayik/288#sthash.lhPnlAjY.dpuf

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ