बोक्सी आरोपमा कुट्दा महिलाको मृत्यु, दोषीलाई मिलापत्र

बोक्सी आरोपमा कुट्दा महिलाको मृत्यु, दोषीलाई मिलापत्र

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी काभ्रे सानो गौथली– ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ ।

स्थानीय हीरा लामा र उनकी आमाले बुधबार डोरीले बाँधेर परियारलाई मलमूत्र खुवाई मरणाशन्न हुनेगरि कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो ।

पीडित परियारले प्रहरी कार्यालय चौबासमा उजुरी दिएकी थिइन् । तर, प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराए । त्यसको २४ घन्टा नबित्दै उनको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले हत्या गरिएको भन्दै कारबाहीका लागि प्रहरीसमक्ष जाहेरी दिएको छ । काभ्रेका एसपी सहकुल थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा