शान्ति सेनामा माओवादीका पूर्वलडाकु

शान्ति सेनामा माओवादीका पूर्वलडाकु

कुनै समय राज्यविरूद्ध सशस्त्र युद्वमा होमिँदै मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले विश्वको द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

२०६९ कात्तिक १६ मा नेपाली सेनामा समायोजन भएका ८३ जना पूर्वलडाकु शान्ति स्थापनाका लागि यही वर्ष अफ्रिकी मुलुकहरू लेबलान, कंगो र दक्षिण सुडान पुगिसकेका छन् ।

सेनामा समायोजन भएपछि पहिलोपटक माओवादीका पूर्वलडाकुहरू नेपाली सेनाको पोसाक र युएनको निलो टोपी लगाउँदै शान्ति स्थापनाका लागि खटिएका हुन् । नेपाली सेनाका अनुसार यस वर्ष नै थप ८० जना शान्ति मिसनमा जाँदैछन् ।

उनीहरू अहिले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा प्रशिक्षण लिइरहेका छन् । पूर्वमाओवादी लडाकुलाई गत वर्षको वैशाख/जेठबाट मिसनमा जानका लागि प्रशिक्षण दिन थालिएको हो ।

कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा