तथ्यांक भन्छ- सबैभन्दा बढी हिंसा श्रीमान्बाटै

तथ्यांक भन्छ- सबैभन्दा बढी हिंसा श्रीमान्बाटै

२५ मंसिर ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा ६२ प्रतिशत लैङ्गिक हिंसाका घटना श्रीमान् वा नजिकका व्यक्तिबाट गरिने तथ्याङ्क सार्वजनिक भएको छ ।हरेक वर्षझैँ यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा शुक्रबार राष्ट्रिय महिला आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले उक्त कुरा देखाएको हो ।

आयोगद्वारा लैङ्गिक हिंसा–न्यूनीकरण–प्रयास र सम्भावना शीर्षकमा आयोजित अन्तक्रिया कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली (जीबीभीआईएमएस) मा सन् २०१५ र २०१६ को जुनसम्म सङ्कलित तथ्याङ्कले समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।

लैङ्गिकतामा आधारित हिंसाको केन्द्रीकृत तथ्याङ्कको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सन् २०११ मा राष्ट्रिय महिला आयोगको प्रमुख नेतृत्वमा ‘लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली’को सुरुवात गरिएको थियो ।

त्यसमा महिला हिंसाविरुद्ध काम गरिरहेका विभिन्न दश संस्थाले लैङ्गिकतामा आधारित हिंसाका पीडितहरूको उजुरीका आधारमा तथ्याङ्क सङ्कलन एवम् भण्डारण गर्न जीबीभीआईएमएस प्रणाली अपनाएकोले ती संस्थाको समन्वयमा तयार पारिएको लैङ्गिक हिंसाका दुई हजार ३७५ उजुरीमध्ये ७८ प्रतिशत पीडितहरू विवाहित वा लिभिङ्ग टुगेदर जस्ता सम्बन्धमा रहेकाहरू पाइएको छ, ती घटना ४८ प्रतिशत साँझ वा रातको समयमा भएको पनि तथ्याङ्कले देखाएको छ ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ