अंगिकृतमा नेपाल ‘हदै लचिलो’, कुन देशमा कस्तो प्रावधान ?

दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ । अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन। दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँछन्।

‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन,’ पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ। अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न पनि समय चाहिन्छ। राज्यलाई पनि नागरिकको आचरण बुझ्न समय चाहिन्छ। हामीकहाँ यो सबको लागि समय दिइएको छैन। बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ।’

विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ। विदेशी महिलाले आफ्नो देशका नागरिकसँग विहे गरेको निश्चित समय वितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन् ।

कुन देशमा कस्तो प्रावधान : 

नेपाल- विवाह गरेलगत्तै

भारत- विवाह गरेको सात वर्षपछि

भुटान- विवाहपछि जन्मेको सन्तानले नागरिकता पाएपछि

पाकिस्तान- विवाह गरेको पाँच वर्षपछि

श्रीलंका- विवाह गरेको सात वर्षपछि

अफगानिस्तान- विवाह गरेको पाँच वर्षपछि

माल्दिभ्स- विवाह गरेको १२ वर्षपछि

बंगलादेश- विवाह गरेको २ वर्षपछि

नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल