संशोधनमा सघाउन ‘हिन्दू धर्म’ सर्त

संशोधनमा सघाउन ‘हिन्दू धर्म’ सर्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावमा सघाउन ‘हिन्दू धर्म स्थापना’लाई सर्त बनाउने भएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले संशोधन प्रस्ताव परिमार्जन गरी ‘हिन्दू धर्मको स्थापना’ थप्न दबाब दिने निर्णय गरेको हो ।

सत्तामा रहेको राप्रपाले सत्ता गठबन्धन वा प्रतिपक्षी जसले संशोधन प्रस्तावमा ‘हिन्दू धर्म स्थापना’ राख्न साथ दिन्छ, उसैको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी स्रोतले दिएको छ ।

‘संशोधन राखेर भए पनि हिन्दू धर्म स्थापनामा विशेष पहल गर्ने निष्कर्षका साथ गृहकार्य गरिरहेका छौं’, स्रोतले भन्यो । ‘हामी सत्तापक्ष भए पनि संशोधन प्रस्तावमा हाम्रो रिजर्भेसन छ । यो प्रस्तावमा अपनत्व स्वीकादैनौं’, संसदीय दलका नेता कमल थापालाई उदृत गर्दै एक नेताले भने, ‘जसले हिन्दू धर्मका लागि आफ्नो पार्टीले राखेको प्रस्ताव स्वीकार्छ, त्यसैको पक्षमा मतदान गर्नेछौं ।’

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा