एक तिहाई सांसदद्वारा संविधान संशोधनविरुद्ध वक्तव्य जारी गर्ने तयारी, सदनमा पेसै नभई प्रस्ताव फिर्ता गर्न दवाव

samsad-parliamentसंविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाई मत सुनिश्चित नगरी सरकारले संसद्मा दर्ता गराएको प्रस्ताव उसैका लागि गलपासो बन्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नेतृत्वमा एक तिहाईभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेका छन् ।

संसद्मा प्रस्ताव नै पेस हुन नदिने अडानमा रहेको एमालेले प्रस्तावका विपक्षमा एक तिहाईभन्दा बढी सांसदको समर्थन जुटाएको छ । प्रमुख सचेतक भानभक्त ढकालका अनुसार, अहिले उक्त प्रस्तावका विरुद्धमा आवश्यकभन्दा बढी सांसदको स्पष्ट समर्थन छ । उनले भने, ‘हामीले त्यही भएर प्रस्ताव फिर्ता लैजान आग्रह गरिरहेका छौँ । वास्तविकता थाहा पाएर पनि सरकारले बिनाकारण मुलुकलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’

प्रस्ताव पारित गर्न नदिनका लागि प्रस्ट मत भएका कारण दुई सयभन्दा बढी सांसदको हस्ताक्षरसहित आइतबारसम्म वक्तव्य निकाल्ने गरी हस्ताक्षर संकलन सुरु गरिएको थाहा भएको छ । एमाले, जनमोर्चा, माले, नेमकिपा, परिवार दल, जनमुक्ति पार्टी, नेपाः पार्टी र मधेस समता पार्टी गरी दुई सय सांसद छन् । अहिले ५ सय ९४ मत छ । संशोधन पारित गर्न त्यसको दुई तिहाई अर्थात् ३ सय ९६ मत आवश्यक पर्दछ । विपक्षमा २ सय मत देखिएपछि सत्तापक्षले दुई तिहाई मत पु¥याउन नसक्ने निश्चित त छँदैछ, मधेसी मोर्चा र राप्रपाले समेत प्रस्तावका पक्षमा निर्णय नगरेकाले सामान्य बहुमत पु¥याउन पनि हम्मेहम्मे देखिन्छ ।

विपक्षमा को–को ?

नेकपा (एमाले)– १८२

नेकपा (माले)– ५

नेमकिपा– ४

राष्ट्रिय जनमोर्चा– ३

नेपाल परिवार दल– २

राष्ट्रिय जनमुक्ति पार्टी– २

नेपाः पार्टी– १

मधेश समता पार्टी– १

जम्मा– २००

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’