संघीय फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश, ओलीले गरे स्वागत (फोटो फिचर)

uml-party-parbesh-650x488काठमाडौं, २३ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई विहिबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा र टिका लगाएर स्वागत गरे ।

स्वागत समारोहमा अध्यक्ष ओलीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए । ‘पार्टीले उहाँलाई उचित जिम्मेवारी दिनुपर्छ । अब सम्पूर्ण नेता कार्यकर्ता निर्वाचनमा केन्द्रीत हुनुपर्छ,’ ओलीले भने ।

uml-party-parbesh-2

प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार एमाले प्रवेश गर्नेमा फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना छन् ।

यस्तै, खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगर र संघीय प्रेस फोरमका वरिष्ठ उपाध्यक्ष पनि एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा नवप्रवेशीले राष्ट्रियताको पक्षमा एमालेको अडानले आफूहरु प्रभावित भएको र त्यसैकारण पार्टी प्रवेश गरेको बताएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा ओलीसहित महासचिव ईश्वर पोखरेल, केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवाली र केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

uml-leader  uml-party-parbesh-1  uml-party-parbesh-3

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’