संघीय फोरमका केन्द्रीय सदस्यहरू एमालेमा प्रवेश गर्दै

kp-oli-upendra-yadavकाठमाडौं, २३ मंसिर । संघीय समाजवादी फोरमका ९ जना असन्तुष्ट केन्द्रीय सदस्यहरू आज एमालेमा प्रवेश गर्दैछन् ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले संघीय फोरमका नौ केन्द्रीय सदस्यहरूलाई सदस्यता दिइ पार्टी प्रवेश गराउने छन् ।

एमालेको केन्द्रीय कार्यालयका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अध्यक्ष ओलीले संघीय समाजवादी फोरम छाडेर आएका केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिए ।

संघीय फोरमको पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएको भन्दै नौ जना नेताले पार्टी परित्याग गरेपछि फोरम संकटमा परेको छ । संघीय फोरम छाड्नेमा पाँच जना केन्द्रीय सदस्य र चारजना वैकल्पिक केन्द्रीय सदस्यहरू छन् ।

एमाले प्रवेश गर्न लागेका संघीय फोरमका केन्द्रीय सदस्यहरू वीरेन्द्रबहादुर बोगटी, मानबहादुर धामी, बलवीर नेपाली, ओमकृष्ण प्रसाई तथा वैकल्पिक केन्द्रीय सदस्यहरू हेमन्त मान्डव्य, राजेन्द्र खनाल, प्रकाश अधिकारी, शंकर रोकामगर, टोपबहादुर ओलीलगायत रहेको स्रोतले जनाएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज