मापसे गरेर प्रहरीबीच हानाहान

police-new-dressओखलढुङ्गा– जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन, अरु प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । सिद्विचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो ।

सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएको थियो । त्यसपछि उनका नजिकका साथीहरु सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली गयो । सोही समायमा मापसे गरेका प्रहरी टोली गोरुमारेमञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए ।आजको कान्तिपुर राष्ट्रिय दैनकमा खबर छ ।

‘अरुको झगडा मिलाउने पुलिस आफैं हानाहान गरेपछि हामीले छुट्याउने लवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्काे टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पाताल, ट्राफिकको मेसिनमा समेत प्रमाणितट नभएपछि जिल्ला स्वास्थ्य कार्यालय पु¥याइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवनाहरुलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए ।
केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिंडेका प्रहरीहरु आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोसित बनेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’