दाताले दिए बोलेको ८०% रकम

काठमाडाैँ-  भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले प्रतिबद्धता जनाएकोमध्ये करिब ८० प्रतिशत रकम प्राप्त भएको अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । १० असार ०७२ मा भएको दाता सम्मेलनमा दातृ निकाय तथा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये अहिलेसम्म २ खर्ब ७८ अर्ब रुपैयाँको सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्झौता भएपछि सरकारले गरेको खर्चअनुसारको रकम दाताले सोधभर्ना दिने गर्छन् । दाता सम्मेलनमा भारतले सबैभन्दा धेरै १ खर्ब र चीनले ७६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । तर, उनीहरूले यही प्रतिबद्धताभित्रैबाट नियमित सहयोग पनि गर्ने बताएपछि ६७ अर्ब रुपैयाँ पुनर्निर्माणका लागि खर्च नहुने तय भएको थियो ।

भारत र चीनको नियमित सहयोग कटाएपछि वास्तविक सहयोगका रूपमा ३ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको थियो । दाता सम्मेलनमा प्रतिबद्धता जनाएका २५ दातामध्ये अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपेली युनियन, क्यानडा, बेलायत र जर्मनीले आफ्नो घोषणाअनुसारकै सम्झौता गरिसकेका छन् । तुलनात्मक रुपमा धेरै घोषणा गरेका भारत, चीन र जापानसँग थोरै रकमको सम्झौता हुन बाँकी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ